माओवादी केन्द्रका विनाबिभागीय मन्त्रीहरुको राजीनामा

काठमाडौं । विनाबिभागीय हैसियतमा झन्नै ३ महिना देउवा नेत्रित्वको सरकारमा प्रतिनिधित्व गरेका माओवादी केन्द्रका मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा विनाबिभागीय मन्त्रीका रुपमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र बुझाएका हुन् । माओवादी केन्द्रका मन्त्रीहरुले बिहीबार नै राजीनामा बुझाउने बताए पनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो। माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए । माओवादी केन्द्रले सरकारमै रहेर बाम गठबन्धन बनाउदै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने घोषणा गरेको थियो । एकातिर बिपक्षीसँग गठबन्धन गर्ने र अर्को तिर सरकार पनि नछड्ने माओवादी केन्द्रको नीतिको आलोचन हुँदै आएको थियो ।

सरकारबाट बाहिरिएका माओवादी केन्द्रका मन्त्रीहरु :

उपप्रधानमन्त्री -कृष्णबहादुर महरा, मन्त्रीहरु -गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु

राज्यमन्त्री- मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पा


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs