माओवादी केन्द्रका नेता बैद्य-विप्लवको कार्यक्रममा

काठमाडौं । आज २३ औँ जनयुद्ध दिवस, सबै माओवादी समूहले मनाएका छन् । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा २३औं जनयुद्ध दिवस मनायो । माओवादी केन्द्र मात्र होइन, उक्त पार्टीबाट बेला बेलामा छुट्टिएर फरक धारको नेतृत्व गरिरहेका माओवादी पार्टीहरुले पनि जनयुद्ध दिवस मनाइरहेका छन् ।

पेरिसडाँडामा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनयुद्ध दिवस मनाए । पेरिसडाँडामा जनयुद्ध दिवस मनाइरहँदा सोही पार्टीका केही नेताहरु भने बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

माओवादी केन्द्रका नेताहरु गोपाल किराँती, विश्वभक्त दुलाल आहुती र लोकेन्द्र विष्ट पेरिसडाँडाको कार्यक्रममा नगएर बैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा सभागृहमा आयोजना गरेको कार्यक्रममा देखिए ।उनीहरु  बैद्य-विप्लवको कार्यक्रममा गएपछि माओबादी केन्द्रभित्र खैलाबैला मच्चीएको छ ।

पछिल्लो समयमा एमाले माओवादी केन्द्रबिच चलिरहेको एकता प्रकृयाको तीव्र विरोध गर्दै आएका गोपाल किराँती, विश्वभक्त दुलाल आहुती र लोकेन्द्र बिष्ट मगरको यो उपस्थितिलाई चासोकासाथ हेरिएको छ । तीनैजना नेताहरु माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्ने प्रस्तावको विरोधी नेता हुन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs