एक सय रुपैयाँमै अस्पतालमा उपचार

काठमाडौं । मित्रपार्क चोकबाट गुह्येश्वरी हुँदै गएपछि कुमारीगालमा रहेको एउटा अस्पतालमा पुगिन्छ । बाँसबाट बनाईएको यो अस्पताल, वाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । अझ, त्यसलाई चम्काउन गुलाबी रंग प्रयोग गरिएको छ । गेटबाट छिर्ने बित्तिकै दायाँतिर डाक्टरको सूची देखिन्छ । बायाँतिर टिकट काट्ने काउन्टर छ ।
तपाईलाई के रोग लागेको छ, काउन्टरमा भन्नुहोस् । काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जा थमाउँछन् ।
अब तपाईले विशेषज्ञ डाक्टरलाई देखाउन पैसा तिर्नुपर्छ ।
कति थाहा छ ?
जम्मा एक सय रुपैया ।
कस्तो पत्याउनै गाहे लाग्ने कुरा ।
हो, राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमा नै रोगको उपचार हुन्छ ।
अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका पच्चिस जना विशेषज्ञ डाक्टर उपलव्ध छन् ।
बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ रमाईलो कुरा त, ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपांग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिदै आएको छ ।
न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् ।
अस्पताल गएको असार २३ गतेबाट सञ्चालनमा आएको हो । अस्पतालले ओपीडी सेवा मात्र उपलब्ध गराउन सकेको छ । र, पनि दैनिक करिब २७ सय जना बिरामीले अस्पतालबाट सेवा लिईरहेका छन् । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य यस अस्पतालका संरक्षक हुन् ।

धनगढी । सामुदायीक बिद्यालयमा बिद्यार्थी तथा अभिभावक आकर्षण गर्न अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएको छ । निजी शैक्षिक संस्थामा अभिभावकको आकर्षण बढिरहेका बेला धनगढीका सामुदायिक...

काठमाडौं । सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको...

काठमाडौं । पार्टी एकतालाई अन्तिमरूप दिन बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रूप लिन नसकेपछि चिया गफमै सीमित भएको छ । वैशाख ९ गते गर्ने भनिएको...

काठमाडौँ । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वाेच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको...

काठमाडौं । प्रहरीले काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले करिब ४९ लाख रुपैयाँ भारु बरामद गरेको हो । नेपाल हुँदै भारत तस्करी...

भक्तपुर । भक्तपुरमा प्रसिद्ध बिस्केट जात्रा आज मंगलबारबाट सुरु हुँदैछ । नौ दिन आठ रातसम्म मनाइने उक्त जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु...