साँढे ३३ किलो सुनकाण्डका मालिक अग्रवाल रहेको खुलासा

काठमाडौं । चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लागेको छ । सनम शाक्य हत्या प्रकरण र सुन तस्करीको अध्ययन गरिहरेको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक पत्ता लगाएको हो ।

काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक सुनसरीको धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवालको रहेको खुलासा भएको छ । काठमाडौँको डिल्लीबजारमा बसेर उनले सुन तस्करीको धन्दा चलाउँदै आाएका थिए । मोहनकुमारको लगानीमा चुडामणि उप्रेती ‘गोरे’ लगायतका तस्करहरुले दुबईबाट थाई एयरलाइन्समार्फत सुन ल्याएको छानबिन समितिको निष्कर्ष छ । 

तर, सनम शाक्यको हत्याकाण्डपछि मोहनकुमारले पनि काठमाडौँ छाडेको बताइएको छ । उनी बस्दै आएको घरमा दुई महिनादेखि ताला लागेको बताइएको छ । प्रहरीले अग्रवालको खोजी गरिहेको छ । उनी भागेर भारत पुगेको हुनसक्ने प्रहरीको आशंका छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs