पार्टी एकता घोषणाको लागि एकता संयोजन समिति बैठक

काठमाडौँ । पार्टी एकताको घोषणाबारे एकता संयोजन समितिको बैठकको प्रस्तावलाई अनुमोदन गर्न छुट्टा-छुट्टै बैठक बसेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमालेको केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएपछि संयुक्त बैठक सुरु भएको हो । एकता प्रक्रियामा रहेका दुवै दलले छुट्टाछुट्टै बैठकबाट आफ्नो पार्टी विघटन समेत गरेका छन् । 

संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ । बिहीबार साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बसेको हो । 

पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्ने विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बैठक अघि बालुवाटारमा संयुक्त वृक्षरोपण गरेका छन् । पार्टी एकता दिगो र चिरस्थायी होस् भन्ने कामना र सन्देशका लागि जापानबाट ल्याइएको ऐतिहासिक बिरुवा जिन्को वाइलोवा तथा नेपालमा पाइने आँप, समी, कपुर, अम्बा र एबोगाडो बिरुवा रोपिएको थियो । 

जिन्को वाइलोवा एटमबम प्रहारबाट पनि केही असर नपरेको बिरुवा मानिन्छ । एकता संयोजन समितिको बैठक सम्पन्न भएपछि बस्ने एमाले केन्द्रीय कमिटीको आकष्मिक बैठकका लागि बालुवाटारमा नेताहरु आउने क्रम जारी छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs