प्रधानमन्त्री अ‍ोली र प्रचण्ड नेकपा दर्ताका लागि निर्वाचन आयोगमा

काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकतापछि नयाँ दल नेकपा दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन् । दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि ६० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका हुन् ।

संयुक्त केन्द्रीय समितिको बैठकले सुवास नेम्बाङ र देव गुरुङलाई दल दर्ताका लागि अधिकार दिएको थियो। दल दर्ताका लागि ओली, प्रचण्ड तथा माधव नेपाल, वर्षमान पुन लगायतका नेता आयोग पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको नाम पहिले नै दर्ता भइसकेकाले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने आयोगले जनाउँदै आएको छ ।

यस अघि एमाले र माआवादी केन्द्रका बीचमा एकीकरण गर्दै बनेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको छ । नयाँ पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले अधक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णयार्थ पेश गरेका ८ प्रस्तावलाई पारित गरेको हो ।

पारित ८ निर्णयहरु :
१) दल एकीकरण भएको निर्णय गरियो।

२) पार्टी नामाकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिष्ट पार्टी रहने निर्णय गरियो।

३) दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो।

४) राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधबकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधन सहित पारित गर्ने निर्णय गरियो।

५) दलको निर्वाचन चिन्ह ‘सूर्य’ रहने निर्णय गरियो।

६) दलको सम्पत्ति र दायित्वसम्बन्धि प्रस्ताव उपर छलफल हुँदा साविकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो।

७) एकिकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साविकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो।

८) एकिकरण भएको दल नेकपाको केन्द्रिय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs