राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन

अमेरिका  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विहान न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा नेपालले आशातित र आवश्यक राजनीतिक स्थायित्व कायम गरेको बताए । उनले भने- 'कसैले कुनै शव्दजाल प्रयोग गरे पनि समाजवादी दिशामा नेपाल अघि बढेको छ ।'

प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए । विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको स्पष्ट गरेका थिए ।

ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गरिरहेका बेला राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए ।

सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरु निकै फलदायी भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले एबीसीलाई बताए । प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, स्वीडेनका राष्ट्रपति र भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री ओलीले अमेरिकामा रहंदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कोलम्वियाका राष्ट्रपति लगयातसंग पनि भेट वार्ता गरेका छन् । न्युयोर्कमा प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रम निकै फलदायी रहेको राजदूत कार्कीले बताए ।

ओली शनिबार कोस्टारिका प्रस्थान गर्नेछन् । कोस्टारिकाका समकक्षीकसंग दुईपक्षीय भेटवार्ताका साथै त्यहां रहेको शान्ति विश्वविद्यालयमा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs