सरकारी कर्मचारीद्वारा ५ वर्षीया बालिका बलात्कृत

बलात्कारी बजगाईं

काठमाडौं । दोलखामा पाहुना लाग्न गएका एक सरकारी कर्मचारीद्वारा बालिका बलात्कृत भएकी छन् । तामाकोसी गाउँपालिका ५ की ५ वर्षीया बालिका आफ्नै छिमेकी ५२ वर्षीय सरकारी कर्मचारीबाट बलात्कारको सिकार भइन् ।

खनेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलाखाका करारका कर्मचारी कमल बजागाईले ती बालिकालाई भदौ २१ गते बलात्कार गरेका थिए । पाहुना लाग्न गएका उनले बेलुकाको खाना खानेबेला बालिकालाई बलात्कार गरेको दोलखाका डिएसपी वासुदेव पाठकले जानकारी दिए ।

चिच्याएको सुनेपछि ती पाहुनालाई खाना पस्कँदै गरेकी बालिकाकी आमा दौडेर अर्को कोठामा पुगेकी थिइन् । त्यतिबेला बालिकाको योनीबाट रगत बगिरहेको थियो । बगजाईंले 'गल्ती भयो क्षतिपूर्ति दिन्छु, उपचार गर्दिन्छु' भनेर उनले परिवारलाई फकाएका थिए। परिवार नमानेपछि उनी पस्किएको खाना खानै छाडेर फरार भएका थिए । बजगाई फरार भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनी काठमाडौं आएको जानकारी पाएपछि असईको कमान्डमा ३ जनाको टोली काठमाडौं परिचालन गरिएको डिएसपी पाठकले जानकारी दिए । 'आफू पक्राउ पर्न सक्ने बुझेपछि बिहीबार दिउँसो बजगाईंले कोटेश्वर प्रहरीमा गएर आत्मसमर्पण गरेछन्,'  डिएसपी पाठकले भने । बजगाईंलाई बिहीबारै दोलखा लगिएको छ ।

उनले आफूले बतात्कार गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ । उनी चरीकोटबाट घर बनाउन भनेर आफ्नो गाउँ तामाकोसी गएका थिए । उनको करार अवधि केही दिनअघि मात्रै सकिएको बताइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs