June 23, 2017, 9:12 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

डुङ्गा दुर्घटनामा बेपत्ताको चार दिनपछि शव फेला

पोखरा । गत सोमबार फेवातालमा भएको डुङ्गा दुर्घटनापछि बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ । चार दिनयता लगातार बेपत्ताको खोजी गरिएपनि आज बिहान मात्र उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो ।
 
बेपत्ता भएका काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र काठमाडौँ वसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । आज पनि बिहानैदेखि बेपत्ता व्यक्तिको खोजी सुरु गरिएकोमा बिहान ७ः०० बजेतिर शव पानीमा तैरिएको अवस्थामा फेला परेको थियो ।
 
प्रहरी, सशस्त्र प्रहरी र माझीको समूहले डुङ्गा दुर्घटना भएको भन्दा दक्षिणी क्षेत्रलाई केन्द्रित गरेर शव खोजिएकोमा दुर्घटना भएको भन्दा करिब ३०० मिटर दक्षिणमा केसीको शव भेटिएको थियो । केसीको शव भेटिएको करिब आधा घन्टापछि प्रतीक श्रेष्ठको शव पनि पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।
 
कास्की प्रहरीका अनुसार श्रेष्ठको शव केसीको शव भेटिएको भन्दा करिब ३०० मिटर दक्षिणमा र डुङ्गा दुर्घटना भएको भन्दा करिब ६०० मिटर दक्षिणमा भेटिएको हो । मृतक दुवैको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । परीक्षणपश्चात् आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकका आफन्त यसअघि नै पोखरा आइसकेका छन् ।
 
साथीसहित पोखरा घुम्न आएका उनीहरू सोमबार दिउँसो तालपारि घुम्न गएकामा खाना खाएर तालवारि फर्कने बेलामा भएको दुर्घटनापछि बेपत्ता भएका थिए । दुर्घटनापछि अन्य छजनाको भने सकुशल उद्धार गरिएकामा उनीहरू उपचारपछि घर फर्किसकेका छन् । 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार