June 23, 2017, 9:13 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

पूर्व–पश्चिम रेलमार्गको डिपीआरका लागि १७ कम्पनी छनोट

काठमाडौँ,२७ साउन– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत वुटवलदेखि पश्चिम तर्फको भागको विस्तृत आयोजना रिपोर्ट (डिपीआर) का लागि विभिन्न १७ साझेदार कम्पनी छनोट (सर्टलिस्ट) भएका छन् । रेल विभागका अनुसार रुपन्देहीको वुटवल देखि पश्चिमतिरको खण्डमा रेलमार्गको सम्भाव्यता अध्ययनका लागि दुई साता अघि ती कम्पनीलाई छनोट गरिएको हो ।

 

विभिन्न ४ खण्डमा विभाजित यो खण्डको अघिल्ला ३ खण्डमा ४/४ वटा र अन्तिम खण्डमा ५ वटा कम्पनी छनोट भएका छन् । यो खण्ड अन्तर्गत वुटवल –लामाही खण्डमा चाइना रेलवे इर्यन इन्जिनियरिङ ग्रुप लिमिटेड (सीआरइइसी), चाइना रेलवे सियन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, दोहा इन्जिनियरिङ कम्पनी लिमिटेड र द थर्ड रेलवे सर्भे एण्ड डिजाइन इन्सिटिच्यूड गु्रप कोअपरेसन छनोट भएका छन् ।

 

त्यस्तै, लामही –कोहलपुर खण्डको अध्ययनका लागि चाइना रेलवे इर्यन इन्जिनियरिङ ग्रुप लिमिटेड (सीआरइइसी), चाइना रेलवे फस्र्ट सर्भे एण्ड डिजाइन, चाइना रेलवे सियन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड र द थर्ड रेलवे सर्भे एण्ड डिजाइन इन्सिटिच्यूड गु्रप कोअपरेसन छनोट भएका छन् । कोहलपुर –सुख्खाद खण्डमा भने चाइना रेलवे इर्रिअन इन्जिनियरिङ ग्रुप लिमिटेड (सीआरइइसी), चाइना रेलवे सियन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, दोहा इन्जिनियरिङ कम्पनी लिमिटेड र द थर्ड रेलवे सर्भे एण्ड डिजाइन इन्सिटिच्यूड गु्रप कोअपरेसन छनोट भएका छन् ।

 

यसैगरी, अन्तिम खण्ड सुख्खाद –गड्डाचौकीमा सुख्खाद खण्डमा भने चाइना रेलवे इर्यन इन्जिनियरिङ ग्रुप लिमिटेड (सीआरइइसी), चाइना रेलवे फष्र्ट सर्भे एण्ड डिजाइन, चाइना रेलवे सियन सर्भे एण्ड डिजाइन गु्रप कम्पनी लिमिटेड, द थर्ड रेलवे सर्भे एण्ड डिजाइन इन्सिटिच्यूड गु्रप कोअपरेसन र युसिन इन्जिनियरिङ कोअपरेसन छनोट भएका छन् । छनोट भएका अधिकांश कम्पनी चिनियाँ छन् । ‘यी ४ विभिन्न खण्डमा डिपीआरका लागि ६० वटा कम्पनी सहभागी भएकामा १६ कम्पनी छनोट भएका हुन्,’ विभागका महानिर्देशक अनन्त आचार्यले भने । प्रस्तावित रेलमार्गको बीच खण्ड बुटवल –बर्दिवास खण्डको भने यसअघि करिब ३ वर्ष लगाएर डिपीआर सकिएको छ ।

 

विभिन्न ३ कम्पनीले ३ सय ७२ किलोमिटर दूरीको यो खण्डको डिपीआर तयार गरेका थिए । बर्दिवास देखि पूर्वतर्फको २ खण्डको डिपीआरका लागि भने कम्पनी छनोट भइसकेका छन् । २ कोरियन कम्पनीले २ सय ६२ किलोमिटर दूरीको पूर्वी खण्डको डिपीआर आगामी १५ महिनामा तयार गर्नेछन् । आचार्यका अनुसार हाल बर्दिवास –सिमारा खण्डको ३० किलोमिटर क्षेत्रमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । पूर्वाधार निर्माणका लागि विभिन्न ९ कम्पनीले ठेक्का पाएका छन् । सन् २००८ मा पहिलो पटक पूव –पश्चिम रेलमार्गको अवधारणा आएको थियो ।

 

नेपालले स्वदेशी खर्चमा निर्माण गर्ने भनिएको यो रेलमार्गको ९ वर्ष पुग्न लाग्दा अझै डिपीआरको काम सकिएको छैन् । महत्वकांक्षी चिनियाँ रेल सपना चीनको केरुङदेखि काठमाडौँ हुँदै तराई जोड्ने रेलमार्ग निर्माण महत्वकांक्षी सपना जस्तो मात्र देखिएको छ । विभागका अनुसार यो मार्गको रेल सम्भाव्यता अध्ययन तथा निर्माणका लागि हालसम्म कुनै पनि कम्पनीले ‘गम्भीर’ चासो देखाएका छैनन् । ‘फाट्टफुट्ट गफगाफ र अनौपचारिक रूपमा कतिपय कम्पनीले चासो देखाएका छन्,’ आचार्यले भने, ‘तर, गम्भीर चासो अहिलेसम्म कुनै पनि कम्पनीले व्यक्त गरेका छैनन् ।’ करिब आधा दर्जन भन्दा बढी कम्पनीले यसबारेमा अनौपचारिक चासो व्यक्त गरेका उनले बताए । -





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार