सईले पेस्तोल देखाएर आतंक मच्चाए

 काठमाडौं । दरबारमार्ग बलात्कार घटना सेलाउन नपाउँदै दरबारमार्गमा अर्को घटना घटेको छ । प्रहरी नायब निरीक्षक (सई) ले पेस्तोल देखाएर आतंक मच्चाएका छन् । राजधानीको दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर आतंक मच्चाएका श्रेष्ठलाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी क्लवमा पेस्तोल देखाएर आतंक मच्चाएको आरोपमा सई श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार राति मध्यरात २ बजेतिर सादा पोसाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको आरोप छ । पेस्तोलसहित अन्य २ जना साथी लिएर सई श्रेष्ठ क्लव पुगेका थिए ।

प्रहरीका अनुसार त्यहाँ सई श्रेष्ठले सञ्चालक र ग्राहकहरूसँग अभद्र व्यवहार गरेको र विवाद सुरु भएपछि पेस्तोल देखाएर आतंकित पार्न खोजेका हुन् । विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठ बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs