ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

मोरङ । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्रयाक्टरले बुधबार राति ठक्कर दिएको थियो ।

ट्रयाक्टररले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्ने १७ वर्षीय मिसेत लिम्बूको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने १६ वर्षीय पवन राई र पछाडि सवार २० वर्षीय संगीत राईको धरानमै उपचार भइरहेको छ। ठक्कर दिने ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs