खतिवडाले थापालाई दिए चेतावनी

काठमडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गगन थापासहितका युवा नेताहरूद्वारा केन्द्रीय कार्यसमितिमा पेश गरेको अवधारणालाई पार्टीको विधान विपरित रहेको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै खतिवडाले कांग्रेसको विधान विपरितका गतिविधि कसैले पनि गर्न नहुने बताएका हुन् । गगन थापासहितका युवा नेताहरूको भनाइप्रति संकेत गर्दै खतिवडाले कांग्रेसको शीघ्र महाधिवेशन आवश्यक नरहेको बताए ।

‘कांग्रेसलाई सुदृढ बनाउने दायित्व छ । रचनात्मक आलोचना र सुझावको आवश्यक्ता छ’, उनले भने, ‘आलोचना गर्नु छ भन्दैमा पार्टीको विधानभन्दा बाहिर गएर कुनै पनि कार्य गर्नु हुँदैन ।’

नेता खतिवडाले अहिले सभापति शेरबहादुर देउवाभन्दा पनि नेपाली कांग्रेस कमजोर भएको बताए । सभापति देउवा महाधिवेशनबाट निर्वाचित भएर आएको भन्दै नेता खतिवडाले भने, ‘विधान विपरितको काम कसैले गर्नु हुँदैन । कसैलाई फाल्न खोजियो भने निकास आउँदैन । कसैलाई अपमान र कसैलाई सम्मान गर्नेभन्दा विधानलाई कुल्चनु हुँदैन ।’

कुनै विषयमा चित्त बुझेको छैन भने महासमितिको बैठकबाट निर्णय गरेर जानुपर्ने खतिवडाले बताए । आरोप प्रत्यारोपले कांग्रेसलाई कहिल्यै फाइदा नहुने उनको भनाइ थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs