सहकारीका कर्मचारीमाथि छुरा प्रहार

धनगढी । कैलालीको चुरे गाउँपालिका ४ बालुवागडामा सहकारीका कर्मचारीमाथि छुरा प्रहार भएको छ । किसान बहुद्देश्यीय सहकारी संस्था चौमालामा  कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मखुन्डो लगाएका दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाइते न्यौपानेको दायाँ हात र पेटमा चोट लागेको छ । मोटरसाइकलमा रहेका उनलाई रोकेर आक्रमण गरेपछि आक्रमणकारी भागेका थिए।

बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कंदै गरेका न्यौपानेलाई बालुवागडा नजिक बाटोमा आक्रमण भएको हो । बुधबार दिउँसो पौने १२ बजे घटना भएकोमा ढिलो गरी खबर आएको प्रहरीले बताएको छ ।

घाइतेको धनगढीको सिपी अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs