एसपीका बाबुछोराको डीएनए टेस्ट हुने

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको छानविनका क्रममा प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परिक्षण सुरु गरेको छ ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले उनिहरु ३ जनाको डीएनए परीक्षण सुरु गरेको हो। न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेपछि एक्त कदम चालिएको छ ।

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो भने घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैया धरौटीमा छोडिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार







स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs