कास्कीको रुपाकोट रिसोर्ट चौथो वर्षमा प्रवेश

पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ ।
रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले सुविधासम्पन्न ४२ कोठासहित सेवा प्रवाह गरिरहेको रिसोर्टले थप चार वटा स्वीट रुमसहित अन्य छवटा सुविधासम्पन्न कोठा (डिलक्स रुम) तयार गर्न लागेको जानकारी दिए ।
‘कुल २०० रोपनी क्षेत्रफलमा पर्यटक बस्नका लागि सुविधा सम्पन्न संरचना निर्माणका क्रममा हालसम्म रु ६० करोडभन्दा बढी लगानी भइसकेको छ,’ उनले भन, ‘लगभग रु ३० करोडको लागतमा विदेशी राष्ट्रका राष्ट्राध्यक्ष बस्ने स्वीट रुमसहितका अन्य संरचना थप गर्न लागेका छौँ ।’आफ्नो २० वर्षे विदेशको बसाइका क्रमको सिकाइ एवं अनुभवलाई सँगाल्दै स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए ।
रिसोर्ट परिसरलाई चराचुरुङ्गी, मौरी, विभिन्न जंगली जनावरले पानी पिउने तथा रमाउने किसिमको प्रकृतिमैत्री वातावरणयुक्त स्थल बनाइने बताउँदै उनले यहाँबाट एकसाथ ताल र हिमालका रमणीय दृश्य अवलोकन गर्न सकिने उल्लेख गरे ।
गुणस्तरीय सेवा प्रवाह गर्ने रिसोर्टको लक्ष्य रहेको उनको भनाइ छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, रुपाकोट गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियालगायत विभिन्न पर्यटन व्यवसायी, सुरक्षा अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।
सार्क विदेशमन्त्रीस्तरीय बैठक सम्पन्न हुनुका साथै भारतीय राष्ट्रपति, बेलायती राजकुमारजस्ता अतिविशिष्ट व्यक्तिले भ्रमण गरिसकेको पोखरामा अतिविशिष्ट पाहुनालाई लक्षित गरी थप संरचना तयार गर्न लागिनुलाई प्रशंसनीय कदम मानिएको छ ।

काठमाडौं । उपत्यका लगायत देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ । पानीसँगै देशका हिमाली र उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ पर्दा त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ । त्यस्तै...

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तब्यहरु छन् । विदा कसरी...

प्राकृतिक सुन्दरतामा रमाउन चाहने विदेशी एवं स्वदेशी पर्यटकका लागि खुशीको खबर । सुदुरपश्चिमका दुई मनमोहक स्थल खप्तडदेखि रारासम्मको पदयात्रा खुलेको छ । हालै एउटा टोलीले पहिलोपटक यो...

काठमाडौ । आरोहणको बाटो भोलिपल्टै बनाउने योजनाका साथ पथप्रदर्शक (गाइड) काजी शेर्पा बिहीबार राति ढुक्कले सुतेका थिए । अर्को समूहका गाइडहरू शुक्रबार बिहान तीन बजे नै उठेर हिँडेपछि...