सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

काठमाडौं । सेञ्चुरी बैंकले सहायक प्रवन्धक देखि सहायक प्रशिक्षार्थी सम्म गरेर २ सय १४ जना कर्मचारी मागेको छ। बैंकले केन्द्रीय कार्यालय र  उपत्यकाबाहिरका विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो। बैंकले २ जना ब्रान्च म्यानेजर, १३ जना बरिष्ठ अधिकृत, २३ जना अधिकृत, ३६ जना सहायक अधिकृत, १८ जना सुपरभाइजर, २४ जना बरिष्ठ सहायक, ४ जना सहायक, ४ जना प्राविधिकतर्फको म्यानेजमेन्ट ट्रेनी, १५ जना म्यानेजमेन्ट ट्रेनी, ७५ जना सहायक प्रशिक्षार्थीको माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि व्यवस्थापनमा स्नातकोत्तर गरेको तथा ७ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ।

बरिष्ठ अधिकृतको लागि स्नाकोत्तरमा म्यानेजमेन्ट आइटी गरि न्यूनतम ५ वर्षको अनुभव, अफिसरको लागि व्यवस्थापनमा स्नातकोत्तर गरी ३ वर्षको अनुभव, सहायक अफिसरको लागि स्नातक गरी ३ वर्षको अनुभव, सुपरभाइजरको लागि स्नातक गरी एक वर्षको अनुभव, सहायकको लागि स्नातक गरि एक वर्षको अनुभव, प्राविधिक तर्फको म्यानेजमेन्ट ट्रेनीको लागि आइटिमा इन्जिनियरिङ गरेको हुनुपर्ने बैंकले जनाएको छ। म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नताकोत्तर गरेको हुनुपर्नेछ।

बैंकका अनुसार सहायक ट्रेनीको लागि प्लस टु गरेको हुनुपर्नेछ। मेरो जव डटकमबाट फागुन १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। महालक्ष्मी बैंकले केही संख्यामा शाखा प्रवन्धक देखि जुनियर सहायक माग गरेको छ। बैंकले संख्या नखुलाए पनि धेरै संख्यामा शाखा कार्यालयमा कर्मचारी माग भएको जनाएको छ। बैंकले केन्द्रीय तथा शाखा कार्यालयमा कर्मचारी माग गरेको छ।

बैंकले ब्रान्च म्यानेजर, सुपरभाइजर, ब्याङक्यासुरेन्स एकजना, मार्केटिङ अफिसर एक जना, जुनियर असिस्टेन्ट, २० जना म्यानेजमेन्ट ट्रेनी र एक जना कार्यकारी सचिव माग गरेको छ। आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs