खगेन्द्र जिसी पनि एनआरएनए अध्यक्षको उम्मेद्वारी घोषणा गर्दै

काठमाडौं, २ असोज । गैर आबासीय नेपाली  संघको काठमाडौंमा अक्टोबर १४ बाट सुरु हुने आठौ महाधिबेशनमा संघका  अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एवम संयुक्त राज्य अमेरिकाका चर्चित कानुन ब्यबसायी/बरिष्ठ अधिबक्ता खगेन्द्र जिसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन ।

संघको स्थापना दिबसका दिन बुधवार अपरान्ह तीन बजे होटेल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गरेर जिसीले आफ्नो आगामी कार्ययोजना र संघको ब्रिहत्तर परिवर्तनका एजेन्डा सहित आफ्नो उम्मेद्बारी घोषणा गर्ने जनाएका छन ।

गैर आबासीय नेपाली संघ आफ्नो सामाजिक छबी कायम राख्न असमर्थ हुँदै गएको र सिमित स्वार्थ समुहको घेराबन्दिमा परेको महशुस लाखौं प्रबासी नेपालीहरुले गरेकोले उनीहरुको भाबनाको कदर गर्दै आफुले यस प्रबासी   नेपालीहरुको छाता संगठनको नेत्रित्व लिन चाहेको बताएका छन ।

मध्यपुर्बका श्रमिक नेपाली साथीहरु देखि विश्वाका प्रख्यात ब्याबसायिक र प्राग्ज्ञिक संस्थानहरुमा काम गर्ने बौद्धिक र ब्यबसायिक ब्यक्तीहरुलाई अपनत्व महसुस गराउने गरी आफुले सङ्गठन  चलाऊने र मात्रिभुमीको  सम्ब्रिद्धिका लागि सबैलाई एकजुट बनाएर अभियानमा संलग्न गराउने आफ्नो प्राथमिकता रहने प्रतिबद्धता पनि ब्यक्त गरेका छन ।

जिसीले भोली हुने पत्रकार सम्मेलनमा एनआरएन अभियानका अग्रजहरु , जन सम्पर्क समिति सम्बद्ध पदाधिकारीहरु, बिभिन्न संचार माध्यमसँग सम्बन्धित र स्वतन्त्र पत्रकार  लगायत सबै सुभेक्षुकहरुलाई उपस्थित भैदिन पनि आब्ह्वान गरेका छन ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs