अवैध बिटक्वाइन भर्चुअल मुद्रा दोलखामा बन्ने गरेको खुलासा

काठमाडौं, २ असोज । संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लामा बन्ने गरेको खुलेको छ । नेपालमा विट क्वाइन कारोबारी रहेको र त्यसबारे सचेत रहन राष्ट्र बैंकले सूचना जारी गरेपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।

हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेका काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइन उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेको खुलेको हो ।

शाहले दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो । प्रशान्त प्रताप शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।

सिआइवीले छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । प्रहरीले बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान लगायतका सामान बरामद गरेको छ ।

नेरु, भारु, डलर भौतिक मुद्रा हुन् भने बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । यो एक एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । चीनलगाएतका देशमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाईएको छ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs