कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीको अवैध धन्दा

काठमाडौं,  असोज । कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरूले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्वारा प्राकृतिक स्वरूप बिगारेका छन् । जैविक विविधता महासन्धिअनुसार सरकारको अनुमतिमा मात्र प्राकृतिक बोटबिरुवा र फलको स्वरूप बिगार्न पाइने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरूप परिवर्तन गरिरहेका छन् ।

चेप्टो, गोलो, अन्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिएका छन् । यसले आफ्नो उत्पादनको व्यापारमा गिरावट आएको कृषकहरूले बताएका छन् ।

चिनियाँहरूले संखुवासभा र भोजपुरका अधिकांश किसानका रुद्राक्ष बगान खरिद गरेर मेसिनको प्रयोगबाट रुद्राक्षको आकार अप्राकृतिक बनाइहेका छन् ।

वन तथा भू–संरक्षण मन्त्रालयका वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले रुद्राक्षको दानाको स्वरूप बिगार्न पाइने या नपाइने विषयमा कानुन अस्पष्ट रहेकोले स्वरूप बिगार्नुअघि सरकारको अनिवार्य अनुमति लिनुपर्ने बताए । महिनौंदेखि उनीहरूले अनुमतिबिनै रुद्राक्षलाई अप्राकृतिक बनाउन थालेपछि स्थानीय प्रशासनले बल्ल चासो देखाएको छ । स्थानीय रुद्राक्ष व्यवसायी र कृषकहरूले उजुरी दिए पनि कानुन अभावमा कारवाही अघि बढाउन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

अवैध ढंगले रुद्राक्षको स्वरूप बिगार्न थालेपछि चिनियाँ व्यापारीलाई गाउँमा प्रवेश गर्नुअघि स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका र खाँदबारी नगरपालिकाका प्रमुखले सूचना नै जारी गरेका छन् ।

गत वर्ष पनि चिनियाँहरूले नेपालमा उत्पादन गरिएका दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यवसायीहरूको भनाइ छ । प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा समेत कमी आएको छ । दाना छिमले भएकाले पनि बोटमै कुहिने, सुक्नेजस्ता समस्या भएकाले उत्पादनमा गिरावट आएको कृषक कुविर भारतीले बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए । अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रिएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए । -कारोबार दैनिक

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs