११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी हुने

काठमाडौं, २ असोज । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । ११औँ तिहार लक्षित प्रदर्शनी यँही असोज २६ गते देखि ३० गते असोजसम्म सञ्चालन हुनेछ ।

उक्त मेलामा गोदावरीका विभिन्न ४ ओटा जात समेटेर यो प्रतियोगीता पनि सम्पन्न हुन लागेको मेला संयोजक पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको वर्तमान उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी गराए ।

तिमिल्सिनाले भने “पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलहरूलाई आमजनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेका हौँ । प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूल राखेर प्रतिष्पर्धा गराउनका लागि एउटा छुट्टै स्टल रखिने छ ।

फूल व्यवसायीहरूमा जसले मिहिनेत गरेर राम्रो उत्पादन गरेका छन, उनीहरूलाई अझैँ प्रोत्साहित गर्न पुरस्कार पनि दिइन्छ” । नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस भन्ने यस मेलाको उद्देश्य रहका आयोजक ले जनाएको छ ।


मेला आयोजक कमिटी गठन गरि अवार्ड बनाउने, चौर, टेन्ट, पानी, बत्ती व्यवस्थापनका लागि भनेर सबैलाई कामको बाँडफाँड गरेर प्रदर्शनीको तयारी हुदैछ । मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, अफिसियल स्टल ४ ओटा, बाँकी एउटा गरेर जम्मा ४९ ओटा स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकोछ छ ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs