नेपाललाई उत्सर्जन न्यूनिकरण इकाइ प्राप्त

काठमाडौँ, २ असोज । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको बायोग्यास कार्यक्रम स्वच्छ विकास संयन्त्र मार्फत प्रमाणित उत्सर्जन न्यूनिकरण इकाई प्राप्त गर्ने नेपालको पहिलो यस्तो आयोजना हुन सफल भएकोछ । यस आयोजना अन्तर्गत सन २००४ को जुन देखि ९ महिनाको अवधिमा देशभर बनेका ९ हजार ६ सय ८८ वायोग्यॉस प्लान्टहरु समावेश गरिएको छ ।


केन्द्रले प्रवद्र्धन गर्दै आएको वायोग्यॉस कार्यक्रम स्वच्छ विकास संयन्त्र आयोजनाको रुपमा सन् २००५ को डिसेम्बरमा संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धि ढांचा अन्तर्गत दर्ता भएको हो ।  उक्त समयमा दर्ता भएका दुई वटा यस्ता आयोजनाहरु मध्यको  ९ हजार ६ सय ८८ वायोग्यास प्लान्टहरु समावेश भएको यस आयोजना सन् २००५ को अगष्टबाट २००६ को जुलाई सम्ममा भएको ३१ हजार ८ सय ७४ इकाइ उत्सर्जन न्यूनिकरणलाई स्वच्छ विकास संयन्त्र कार्यकारी वोर्डले मिती २०६८ भाद्र ७ मा प्रमाणित गरी जारी गरेको छ ।
यस आयोजनाबाट हुने उत्सर्जन न्यूनिकरणको खरिद विक्रि संझौता यस केन्द्रले विश्व बैंकसंग सन् २००६ मा गरेको हो । संझौता अनुसार एक इकाइ उत्सर्जन न्यूनिकरणलाई ७ अमेरिकी डलरमा बिक्री हुनेछ । यस वाहेक अर्को वायोग्यॉंस आयोजनाको पनि ६० हजार ४ सय ४ कार्वन इकाई जारी हुने क्रममा छ । यो आयोजनामा सन् २००३ को अन्त्य देखि २००४ मध्य सम्ममा बनेका ९ हजार ७ सात ८ वटा वायोग्यॉस प्लान्टहरु समावेश गरिएका छन् ।
यस आयोजनाको उत्सर्जन न्यूनिकरण हालैमात्र प्रमाणित भएको भएपनि विश्वबैंक संग भएको संझौताको आधारमा २००३ देखि २००५ सम्मको अवधिमा जडान भइ दुईवटा वायोग्यास आयोजनामा समावेश भएका १९ हजार ३ सय ९६ प्लान्टवाट २००४ देखि २००९ सम्म भएको उत्सर्जन न्यूनिकरण वापतकोृ करिव २१ लाख डलर (रु १४ करोड ७० लाख) यस केन्द्रले प्राप्त गरि सकेको छ ।

क्योटो प्रोटोकलको अनुसुचि १ मा रहेका देशहरुको उत्सर्जन न्यनिकरण गर्ने लक्ष्य पूरा गर्न सहयोग गर्ने भन्ने स्वच्छ विकास संयन्त्रको एक लक्ष्य रहेको सन्दर्भमा प्रमाणित भएको उत्सर्जन न्युनिकरण इकाईहरु मात्र मात्र ति देशहरुले तोकिएको लक्ष्य पूरागर्न उपयोग गर्न सक्छन ।

यस वाहेक बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलले लघु जलविद्युत आयोजनालाई स्वच्छ विकास संयन्त्र अन्तर्गत दर्ता गरिसकेको छ । यस आयोजनाको उत्सर्जन न्यूनिकरण सम्बन्धि अनुगमन प्रतिवेदन तयार भइरहेको छ । यसै गरी ३ वटा नयॉ वायोग्यॉस आयोजनाहरु पनि दर्ता हुने क्रममा छन् र अन्य नविकरणीय आयोजनाहरु सुधारीएको चुलो, सुधारिएको पानी घट्ट र  सौर्य ऊर्जा प्रणलीलाई पनि स्वच्छ विकास संयन्त्र अन्र्तगत विकास गरिदैछ ।


सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs