June 23, 2017, 9:17 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

किसानले अलैची विक्रीबाट चार करोड भित्र्याए

गोरखा । थालाजुङ्ग गाबिस –२ राम्चेका किसान धनबहादुर गुरुङ्गले २०४५ सालमा अलैंची खेति शुरु गरे ।  उनले शुरुमा  खेर गएको पाखो भिरालो जग्गामा २० ओटा बिरुवा रोपे । अलैंचीको दाना कस्तो हुन्छ भन्ने ज्ञान नभएका उनले तीन बर्षपछि अलैंची फलेको देखे । बारीमा लगाएको अलैंचीको स्याहार  पनि राम्रो गरेनन् । बिना स्याहार अलैंची उत्पादन भएपछि उनले धान फल्दै आएको खेत मासेर समेत अलैंचीको बिरुवा रोपे ।
 
करेसाबारीदेखि गैरीखेतका कान्लामा उनले अलैंचीको बिरुवा सारेका छन् । उनी ब्यबसायीक रुपमा अलैंची खेतीतर्फ लागेपछि छिमेकीहरुले पनि दुईचार बिरुवा सार्न थाले । अलैंचीको दाना बिक्री हुने थाहा पाएपछि गुरुङ्गले अझै अलैंचीको बिरुवा बारीमा फैलाए । आफ्नै बारीमा हुर्केका अलैंचीको बिरुवा उखालेर सार्ने गर्न थाले । छिमेकीहरुले पनि अलैंचीको खेती बिस्तार गर्दै लगे । जिल्ला कृषि बिकास कार्यालयसँग समन्वय गरेर अलैंचीको बिरुवाको हेरचाह गर्न थालेपछि गुरुङ्गले राम्रो आम्दानी लिन थालेको बताउँछन्  ।
। 
उनले अलैंची खेती शुरु गरेको २६ बर्षपछि ९० हेक्टर क्षेत्रफलमा अलैंचीको ब्यबसायीक खेती विस्तार गरेका छन् । उनको सिको गर्दै गोरखाका बिभिन्न गाबिसका पाँच सय भन्दा बढी किसानले ब्यबसायीक रुपमा अलैंचीको खेती गरेका छन् । ठूलो संख्यामा किसानहरु अलैंची खेतितर्फ आकर्षित हुदै गएका छन्  । गाउँलेहरुले अलैंचीको खेती बिस्तार गरेपछि सहकारी पनि गठन गरेका छउन् । 
 
आमावुवा सहकारी गठन गरेर थालाजुङ्ग राम्चेका किसानहरुले रु. पाँच लाख लगानी गरी सामुदायीक भबन निर्माण गरेका छन् । साथै सहकारीले सामुदायीक बनमा अलैंचीको खेतस् गर्दै आएको छ । ‘सहकारीमा २१ जना सदस्य छौ’ सहकारीको अध्यक्षसमेत रहेका गुरुङ्गले भने, ‘सहकारीका सबै सदस्य एकजुट भएर सामुदायीक बनमा अलैंची खेतस् गरेका छौ । सामुदायीक बनमा फलेको अलैंचीले यसबर्ष रु. तीन लाख आम्दानी भएको पनि गुरुङ्ले जानकारी दिए  ।’ किसानले रु. ५० हजारदेखि १० लाखसम्म आम्दानी लिन थालेका छन् । 
 
गुरुङ्गले यसबर्ष अलैंची बेचेर रु. पाँच लाख कमाएको बताए । अलैंचीको बिरुवाको माग बढेपछि गुरुङ्गले कृषि कार्यालयसँग समन्वय गरेर अलैंचीको बिरुवा उत्पादन गर्न थालेका छन्  । दुई बर्षदेखि अलैंचीको बिरुवा बेच्दै आएका गुरुङ्गले भने, ‘प्रतिबिरुवा रु. १२ मा बेच्छु ।’ अलैंचीको बिरुवा बेचेर मनग्य आम्दानी लिएको गुरुङ्गको भनाइ छ  । गुरुङ्गले जस्तै थालाजुङ्गका एक सय घर, हंशपुर, लप्सिबोट, मुच्चोक, केराबारी, गुम्दा, लापु, लाप्राक, बारपाकलगायतका गाबिसका किसानहरुले पनि अलैंची खेती शुरु गरेका छन् । 
 
हंशपुरका भवनाथ दवाडीले अलैंची बेचेर यसबर्ष रु. तीन लाख आम्दानी गरे । उनले ठूला गरा, भिरालो जमिन, करेसाबारीमा पनि अलैंची रोपेका छन् । अलैंची जति उत्पादन भएपनि घरमै ब्यबसायी आएर लैजाने भएपछि किसानहरु अलैंची खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । तर  किसानको उत्साहअनुसार अलैंची खेतीबारे कृषि कार्यालयले आवश्यक सहयोग गर्न नसकेकोमा किसानहरु रुष्ट भएका छन् । 
 
कार्यालयका प्राबिधिकहरुले बिरुवामा लाग्ने रोगकीरा हटाउने ज्ञान किसानलाई दिन नसकेको उनीहरुको आरोप छ । प्राबिधिक ज्ञान नहुँदा अलैंचीको उत्पादन बढ्न नसकेको किसानहरु बताउँछन् । ‘दुईओटा बिरुवाबीचको दूरी कति हुनुपर्छ भन्ने हामीलाई थाहै छैन’ दवाडीले भने, ‘हचुवाको भरमा, परम्परागत किसिमले खेती गरेका छौ ।’ सिँचाइ गर्नुपर्ने हो, होइन केही जानकारी नपाउँदा समस्या हुने गरेको किसानको दुखेसो छ ।

जेटिएहरु किसानकहाँ नआएको भन्दै दवाडीले लगानी बढाएपनि उत्पादन बढ्न नसकेको बताए । 
अलैंचीले उत्पादन राम्रो दिने गरेको थाह पाएपछि गुम्दाको माछाखोलाका किसानहरु पनि अलैंची खेतीमा आकर्षित भएको कृषि कार्यालयले जनाएको छ । कार्यालयले माछाखोलामा अलैंचीको बिरुवा उत्पादन गर्न स्थानीय बासिन्दासँगको समन्वयमा अलैंची बिरुवा नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गर्न थालेको छ । त्यस क्षेत्रको हावापानी अलैंची उत्पादनका लागि योग्य भएकाले नर्सरी नै स्थापना गरेर किसानलाई खेतितर्फ आकर्षित गरेको कार्यालयका बागबानी बिकास अधिकृत बिष्णुकुमार श्रेष्ठको भनाइ छ । जिल्लाको बिभिन्न आठ गाबिसलाई कार्यालयले पकेट क्षेत्रको रुपमा बिकास गरेको छ ।

अलैंची खेतीमा किसानको आकर्षण भएपनि कार्यालयले आवश्यक बजेट बिनियोजन गर्न नसक्दा, प्राबिधिक ज्ञान र किसानको लगानी बढाउन नसक्दा अलैंचीबाट भनेजस्तो आम्दानी लिन सकिएको छैन ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार