June 23, 2017, 9:16 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

मकालु आउने पर्यटकलाई राउन्ड ट्रिप गराईने

मकालु हिमालमा आउने पर्यटकलाई राउन्ड ट्रिप गराउने उद्देश्यले दोस्रो पदमार्ग निर्माण सुरु भएको छ। यो पदमार्गले हटियागोलास्थित बरुण नदी किनारहुँदै याङले खर्कसम्म जोड्नेछ ।  विश्वको पाँचौ अग्लो शिखर मकालु हिमाल आरोहण, अवलोकन र मकालु बरुण राष्ट्रिय निकुन्ज आउने पर्यटकका लागि बाटो निर्माणले थप टेवा पुग्‍नेछ।  


मकालु अरुण उपत्यका पर्यटन प्रवर्द्धन केन्द्र(टीपीसीएमएभी)को पहलमा बरुण दोभानहुँदै मकालु हिमाल जाने दोस्रो बाटो निर्माण थालिएको हो। नेपाल पर्वातरोहण संघको २५ लाख रुपैयाँ लगानीमा निर्माण सुरु गरिएको हो।

पर्यटक तुम्लिङटार-खाँदबारी-नुम, टासीगाउँ हुँदै मकालु आधारशिविर जाने र सोही बाटो फर्कनुपर्ने बाध्यता भएपछि दोस्रो बाटो निर्माण गर्न पर्यटकले अनुरोध गरेका थिए। एकै बाटोमा दोहोरो हिड्नुपर्ने भएपछि मनोरन्जन, अवलोकन गर्न असहज हुने गरेको गुनासो यहाँ आउने पर्यटकको थियो।
 
मकालु हिमाल आउने पर्यटकलाई राउन्ड ट्रिप गराउन बाटो निर्माण सुरु गरिएको मकालु अरुण उपत्य पर्यटन प्रर्बधन केन्द्रका उपाध्यक्ष छिन्डुम भोटेले बताए। नयाँ बाटो जङगल र खोलाको किनार भएर जाने भएकाले नयाँ अनुभव बटुल्न पर्यटकलाई सहयोग पुग्ने विश्वास निर्माणकर्ताको छ।
 
नयाँ बाटो नुम-गडी, पाथीभरा, हटियागोला, स्याक्सीला हुँदै चार क्याम्प पछि जाँते ओडार पुग्ने छ। केन्द्रले बाटो निर्माणसँगै यस क्षेत्रका खोलामा पुल र थप बाटो विस्तारका लागि करिब दुई करोड रुपैयाँ अनुमान गरेको छ।
 
लगानीका लागि जिल्ला विकास समिति, गाविस, मकालु बरुण राष्ट्रिय निकुन्ज, नेपाल पर्वतरोहण संघ, नेपाल ट्रेकिङ एसोसिएसन र पर्यटन मन्त्रालयसँग समन्वय गर्ने संस्थाले जनाएको छ।
 
पहिलो पटक यो बाटोहुँदै द हिमालयन ग्रेट ट्राइलमा पर्यटक लिएर हिडेका गोरखा एडभान्चरका गाइड छिरिङनुप्पु शेर्पा यो बाटोमा स्थानीय सिङसाल्होमीभोटे जातिको संस्कृति, खोला, जंगल र पशुपंक्षीलाई प्रत्यक्ष अवलोकन गर्न पाइना भएकाले पर्यटक खुसी हुने गरेको बताउँछन्।

मकालु हिमालमा आउने पर्यटकलाई राउन्ड ट्रिप गराउने उद्देश्यले दोस्रो पदमार्ग निर्माण सुरु भएको छ। यो पदमार्गले हटियागोलास्थित बरुण नदी किनारहुँदै याङले खर्कसम्म जोड्नेछ।
 
विश्वको पाँचौ अग्लो शिखर मकालु हिमाल आरोहण, अवलोकन र मकालु बरुण राष्ट्रिय निकुन्ज आउने पर्यटकका लागि बाटो निर्माणले थप टेवा पुग्‍नेछ।  
- See more at: http://www.annapurnapost.com/News.aspx/story/10045#sthash.oCuWgl0s.k8YoRfCz.dpuf





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार