June 24, 2017, 4:01 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

सौराहामा विश्वमै लोपोन्मुख चरा भेटियो

चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटिएको छ । कास्मिर फ्लाइक्याचर (कास्मिर अर्जुनक) नामको चरा सौराहामा फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ ।



साताव्यापीरुपमा चराको गुण गणनामा निस्किएका चरा विज्ञको टोलीले उक्त चरा सौराहाको एक होटलको बगैंचामा फेला पारेका हुन् ।



सोसाइटीका प्रतिनिधि वासु विंडारी, टिका गिरी, टेकबहादुर गुरुङ, रमेश चौधरीको अनुसन्धानपछि चराको पुष्टि गरिएको थियो । यो चरा १५ वर्षअघि ठोरी क्षेत्रमा एकपटक भेटिएको र त्यसपछि भेटिएको थिएन ।



शरीरको तल्लो भागका खैरो, पखेटा फुस्रे कालो रङको चरा लोपोन्मुख हो । गर्मीयाममा आउने चराको अवस्था कस्तो छ र बच्चा कोरल्ने अवस्था कस्तो छ भनेर दुई दिनदेखि सुरु चराको गुणको गणनाका क्रममा नयाँ चरा फेला पारिएको हो ।



प्राय यो समयमा बाहिरबाट निकुञ्जमा बच्चा कोरल्नका लागि चराहरु आउने गर्दछन् । अनुगमनमा भने चराका गुणहरु राम्रै पाइएको चराविज्ञहरुले बताएका छन् । वर्ड एजुकेसन सोसाइटी र चितवन निकुञ्जले गणना सुरु गरेको हो । यसका लागि १२ जना चराविज्ञ खटिएका छन् ।



नेपालमा ८७५ प्रजातीका चरामध्ये चितवनमा ६२६ प्रजातीका छन् । चितवन निकुञ्जमा मात्रै ५७६ प्रजातीका चरा छन् ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार