दृष्टिविहीन, अपांग र एक्लै सगरमाथा चढ्न नपाईने

काठमाडौं  सरकारले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य र पर्वतारोहणलाई सुरक्षित बनाउन सगरमाथा लगायतका शिखरमा एक्लै शिखर आरोहण गर्नमा प्रतिबन्ध लगाएको छ। नेपाल पर्यटन बोर्डका अधिकारीले भने, ‘नयाँ सुरक्षा नियमअन्तर्गत अपांगर र दृष्टिविहीनलाई पनि पर्वतारोहणमा प्रतिबन्ध लगाइएको छ।’

पर्वतारोहणलाई सुरक्षित बनाउन र पर्वतारोहणका क्रममा हुने मृत्यु घटाउन यस्तो नियम बनाइएको पर्यटन बोर्डले जनाएको छ। यसै मौसममा पर्वतारोहणका क्रममा ६ जनाको मृत्यु भएको थियो। ८५ वर्षीय मीनबहादुर शेरचनको सगरमाथा आरोहणकै क्रममा मृत्यु भएको थियो।

शेरचन सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहीको रेकर्ड बनाउन चाहन्थे। पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको पनि सगरमाथा आरोहणकै क्रममा ज्यान गएको थियो। विश्व प्रसिद्ध स्विस पर्वतारोही उली स्टेकले पनि एकल सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका थिए । नयाँ नियमअनुसार विदेशी पर्वतारोहीले आफूसँगै एकजना पथप्रदर्शक राख्नैपर्नेछ । यसबाट नेपाली नागरिकले रोजगारी पनि पाउनेछन् ।

कतिपय अधिकारवादीले भने नयाँ नियमले अपांगमाथि भेदभाव गरिएको बताएका छन् । यसको उनीहरूले आलोचना पनि गरेका छन् । सगरमाथा आरोहणको तयारी गरिरहेका हरिबुद्ध मगरले नयाँ नियमको विरोध गरेका छन् ।

उनले अफगानिस्तानमा दुईवटा गोडा गुमाएका छन्। उनले सरकारको कदम अन्यायपूर्ण भएको दाबी गरेका छन्। सरकारले जेसुकै भने पनि आफूले सगरमाथा चढ्ने उनले दाबी गरेका छन्। हालसम्म सगरमाथामा ३ सयभन्दा बढी आरोहीको मृत्यु भएको छ। २ सयभन्दा बढी शव सगरमाथामै हिउँले पुरेको अवस्थामा रहेको अनुमान छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs