अलैंचीको मूल्य बढेपछि किसान हर्षित

इलाम । केही वर्षयता निरन्तर ओरालो लागेको अलैंचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन्। कुनै समय अलैंचीको भाउ प्रतिमन (४० किलो) एक लाख २० हजार रुपैयाँसम्म पाएका किसान भाउ घटेपछि निराश बनेका थिए। तर दुई सातायता मूल्य बढ्दै जान थालेपछि किसान उत्साहित बनेका छन्।

अहिले अलैंची प्रतिमन ३५ हजारदेखि ३८ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ। यसअघि कारोबार ठप्प जस्तै रहेको अलैंचीको भाउ वृद्धि भएसँगै कारोबारमा वृद्धि हुन थालेको छ। उचित मूल्य पाउने आसमा किसानले तीन/चार वर्षदेखि अलैंची गोदाममा थन्क्याएर राखेका थिए। 

'गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ', फुएतप्पाका कर्णबहादुर राईले भने, 'अलैंचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो।'  छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैंची बगान मासिएको थियो। भाउ पाउने आसमा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैंची रोपिरहेका छन्।

किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैंचीका बिरुवा उपलब्ध गराउँदै आएको छ। यस वर्ष अलैंची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ। इलाममा आर्थिक वर्ष ०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५ सय ७६ मेट्रिक टन अलैंची उत्पादन भएको थियो। रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs