प्याराग्लार्इडिङको पहिलो एसिएन कन्टिनेन्टल टुर पोखरामा

पोखरा । प्याराग्लार्इडिङ बिश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको बार्षिक क्यालेन्डर बमोजिम यही फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको सरान्कोटमा एसिएन कन्टिनेन्टल प्याराग्लिदिंग टुर हुने भएको छ ।

नेपाल एअर स्पोर्ट्स एसोसिएन,नेपाल प्याराग्लिदिंग पाइलट क्लब र नेपाल हेनग्लैदिंग तथा प्याराग्लार्इडिङ  संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लार्इडिङ एसोसिएनको प्राबिधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा एसियाका नेपाल सहित २२ राष्ट्रका १५० खेलाडीले सहभागिता जनाउने र एफ ए आइको मापदण्ड पुरा गरेका अन्य खेलाडीले समेत भागलिन पाउने आयोजक संस्था नेपाल एअर स्पोर्ट्स एसोसिएनका अध्य्क्ष एबम पाइलट योगेश भट्टराइले जानकारी दिए ।

प्याराग्लार्इडिङ  खेल साहसिक भएको र त्यो संगै सुरक्षाको हिसाबले अत्यन्तै चनाखो भएर प्रतियोगिता संचालन गर्नुपर्ने हुँदा सबै सुरक्षा निकाए, रेस्क्यु टिम, हेलिकप्टर र एम्बुलेन्स प्रतियोगिता अबधि भर तयारी अबस्थामा रहने आयोजकले जनाएको छ ।

५ दिन सम्म चल्ने प्रतियोगितामा एफ ए आइ को जुरी कमिटीले ५ वोटा छुट्टाछुट्टै टास्क दिने छ र पाँचै दिनको टास्क सबै भन्दा छिटो पुरागर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन साथै उत्कृस्ट पाइलटको एफ ए आइ को र्यांकिंगमा नम्बर समेत बढ्ने छ ।

ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरी,मा उत्कृस्ट खेलाडी छानिनेछ भने आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफ ए आइ क्याटोगरि टु अन्तर्गत एस अघि १७ पटक नेपाल ओपन प्याराग्लिदिंग च्यम्पिएन शिप आयोजना भैसकेको छ भने २ पटक प्याराग्लार्इडिङको प्रि वोर्ल्ड कप संचालन भैसकेको छ ।

यो प्रतियोगिता राम्रोसंग सम्पन्न भएमा अर्को बर्ष वोर्ल्ड कप आयोजना गर्न थप बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोक देखि अम्बोट सम्म संस्कृतिक झाँकी सहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डा सहित मार्चपास गर्ने छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs