चिनियाँलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गर्नुभएको छ । 

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उहाँले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताउनुभयो ।

सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्रु सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs