धनगढी विमानस्थल स्तरोन्नतिको पर्खाइमा

काठमाडौं । प्रदेश नं. ७ मा नियमित रुपमा सञ्चालित एक मात्र धनगढी विमानस्थल स्तरोन्नतिको पर्खाइमा छ । विमानस्थलमा भीओआरडीएमई कम भिजिविलिटीमा पनि उडान भर्न सक्ने मेसिन नहुँदा हिउँद याममा हुस्सु लागेका बेला उडान हुन सक्दैन ।

यो समस्या समाधानका गर्नका लागि जाइकाको प्राविधिक टोलीले भीओआरडीएमई उपकरण राख्नका लागि विमानस्थलको निरीक्षण गरेका थिए । गत वर्ष अधिग्रहण गरिएको १७ विघा ४ कठ्ठा जग्गा विमानस्थलको नाममा आइनसकेकाले भीओआरडीएमई उपकरण जडानको प्रकृयामा ढिलाई भइरहेको छ ।

तर, जाईकाको सहयोगमा काठमाडौंबाट आएको प्राविधिक टोलीले उपकरण राख्नका लागि प्रारम्भीक निरीक्षण गरेको छ । मुआब्जामा चित्त नबुझेको भन्दै दुई जना जग्गाधनीले मुद्दा दायर गरेपछि अधिग्रहण गरिएको जग्गाको स्वामित्व हस्तान्तरण कार्य रोकिएको छ ।

अहिले भिजिविलिटी नहुँदा विमान उड्न नसक्ने अवस्था आएपछि प्राविधिक टोलीले प्रारम्भीर निरीक्षण सुरु गरेकोे नागरिक उड्ययन प्राधिकरण धनगढीका प्रमुख छवि सिंह ठगुन्नाले बताए । यस वर्ष पुसदेखि हालसम्म हुस्सुका कारण उडानका लागि भिजिविलिटी नपुग्दा १६ दिन हवाई सेवा अवरुद्ध भएको थियो । ईभीओआरडीएमई उपकरण भए जुनसुकै बेला पनि विमान उडान र अवतरण गर्न सकिने छ ।

अब समस्या नहुनको लागि नै निरीक्षण गरेर नियमअनुसार निमार्ण कार्य अगाडि बढ्ने नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक सञ्जिव सिंह कठायतले बताए । निजि क्षेत्रका वुद्ध, सौर्य र श्री एअरसाईन्स तथा नेपाल एअरसाईन्सले काठमाडौं–धनगढी दैनिक १–१ उडान भर्ने गरेको छ । राजधानीसँग उडान भर्ने प्रदेशकै एकमात्र विमानस्थल भएकाले दैनिक ४ उडानमा पनि यात्रुको अभाव देखिदैन ।

विमानस्थलको स्तरोन्नति हुन सके यहाँबाट पहाडी जिल्लाका विमानस्थलहरुमा पनि उडान भर्न सकिने अवस्था छ । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले भीओआरडीएई उपकरण जडान, पार्किङ्ग क्षेत्र विस्तारलगायत स्तरोन्नतिको कामका लागि आफूले पहल सुरु गरेको बताए ।

३० मिटर चौडा र एक हजार ८ सय मिटर लामो कालोपत्रे धावनमार्ग भएको धनगढी विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि दोश्रो लामो धावन मार्ग भएको विमानस्थल हो । जग्गा अधिग्रहण प्रकृया सकिए यो विमानस्थलको क्षेत्र ७० विघा पुग्ने छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs