सिजन सुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

म्याग्दी । वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएलगत्तै गर्मीयाम सुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल सुरु भएको हो । पर्यटन समय सुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । जिल्लामा पर्वतको मालढुङ्गा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् । जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरुको तथ्याङ्क प्रहरीसँग रहेपनि आन्तरिक पर्यटकहरु कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थाले राख्न सकेका छैनन् । बेनीका होटल व्यवसायीहरुका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटकहरु धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग छैन । 

विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एण्ड रेष्टुरेण्टका सञ्चालक बाबुराम आचार्यले बताए । पर्यटन सिजन सुरु भैसक्दा पनि सीमित मात्रामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरु आएको बताउँदै उनले जिल्लामा पर्यटक भित्र्याउनका लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनका अनुसार म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटकहरु आउने गरेका छन् ।

हालै मात्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका कारण दैनिक ८ घण्टासम्म सडक बन्द हुने भएकाले पनि पर्यटकको आगमन कम भएको होटल व्यवसायी आचार्यको भनाई छ । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी समेत रहेका आचार्यले प्रायः पर्यटकहरु एकदिन भन्दाबढी नबस्ने र अधिकांश पर्यटकले मुस्ताङको जोमसोम, मुक्तिनाथ र कोरला भ्रमणलाई प्राथमिकता दिने गरेको बताए ।

यातायात व्यवसायीले जुनसुकै समयमा पनि पर्यटक बोकेर हिँड्ने भएकाले पनि पर्यटकको म्याग्दी बसाई लम्ब्याउन नसकिएको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । जिल्लामा भित्रिने पर्यटकको सुरक्षा तथा उनीहरुलाई समस्या परेको खण्डमा तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताइन् ।

पर्यटकीय हिसाबले म्याग्दी जिल्ला सुरक्षित र पर्यटनमैत्री रहेको बताउँदै उनले आगामी दिनमा पर्यटनमैत्री संरचना तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।चालु आर्थिक वर्षको गत साउन महिनादेखि फागुनसम्म जिल्लामा कुल २६ हजार ५१८ जना पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार पुरुष १३ हजार ९७६ र महिला १२ हजार ५४२ जना पर्यटकले जिल्लाको भ्रमण गरेका छन् ।

गतवर्ष कुल ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विदेशी पर्यटकहरुले भ्रमण गरेका हुन् । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs