कृषि उत्पादन पाँच बर्षमा दोब्बर पारिने नीति सार्वजनिक

काठमाडौं । सरकारले सोमबार संसदमा आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गरि तिब्रताका साथ कार्यान्वयनमा लैजाने नीति सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीद्धारा साेमबार प्रस्तुत गरिएको नीति तथा कार्याक्रममा कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यावसायीकरण गराउने उल्लेख छ । हाल कृषिमा आश्रित रहेको कुल जनसंख्याको दुई तिहाई हिस्सालाई पाँच बर्षभित्र सरकारले गैह्र कृषि क्षेत्रमा परिचालन गर्ने अवसर सिर्जना गरिने सरकारले बताएको छ ।

नीति तथा कार्याक्रममा सिँचाई सुबिधा विस्तार गरि कृषि योग्य भूमिको उत्पादनमा बढोत्तरी गरि पशुपन्छीजन्य र माछा उत्पादनमा आत्मनिर्भर बनाउने जनाईएको छ । कृषि जन्य वस्तुको मुल्य श्रृङ्खला उच्च बनाई निर्यात योग्य उच्च मूल्यका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र अर्गानीक नेपाल बनाउने अभियानलाई जोड दिने सरकारको तयारी छ ।

नीति तथा कार्याक्रमा भू–उपयोग नीति परिवर्तन गर्ने र भुमिको अतिक्रमण र खण्डिकरण रोक्ने तथा करार, सहकारी र सामुहिक खेतीलाई प्रोत्साहन गर्ने र कृषि बीमा सञ्चालनमा जोड दिने प्रस्तुत गरिएको छ । उत्पादन भण्डारण व्यवस्थापन गरि मुल्य अनुगमन गर्ने, उत्पादनमा आवश्यक पर्ने मल, बीऊ, औषधि, उपकरण र आवश्यक सेवाहरु स्थानीय कृषि तथा पशु सेवा माफर्त उपलब्ध गराउने जनाएको हो ।

कृषकलाई सरकारी स्तरबाट प्रबिधिक तालिमको व्यवस्था गर्ने र सीप प्रदान गर्न कृषि ज्ञान केन्द्रको स्थापना गरिने कार्यक्रम पनि सरकारको रहेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs