भुक्तानी नपाए राजमार्ग बन्द गर्ने किसानको चेतावनी

नवलपरासी । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्। पटक-पटक उखुको भुक्तानी दिन माग गरेपनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानले चेतावनी दिएका हुन्।

तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए तर जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन्।

उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित शुक्रबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन पुगेको उखु उत्पादक कृषक समितिका पदाधिकारीसहितका किसानको टोलीले तत्काल भुक्तानीको व्यवस्था नभए हप्ता दिनपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन्।

ज्ञापन पत्र बुझाउँदै उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले जिल्लाका तीन वटा उद्योगले यसवर्षको ५० करोडबढी रकम भुक्तानी दिन बाँकी रहेको जानकारी दिए। जिल्लामा बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानसँग उखु लिएर चिनी उत्पादन गरेका छन्।

तर भुक्तानीमा आलटाल गरेको उनीहरुको गुनासो छ। सबैभन्दा बढी बाग्मतीले करिब ३५ करोड, इन्दिराले १२ करोड र बाँकी लुम्बिनी चिनी उद्योगले भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष यादवले जानकारी दिए। सरकारले गतवर्ष निर्धारण गरेको पाँच सय ३१ रुपैयाँलाई बढाएर यसवर्ष (०७४/०७५) पाँच सय ३६ रुपैयाँ ५६ पैंसा प्रति क्विण्टल समर्थन मूल्य कायम गरेको थियो।

उद्योगीहरुले चिनी बिक्री नभएकाले दिन नसकिनेभन्दै किसानलाई आलटाल गर्ने गरेको उनले बताए। तीनवटा उद्योगले १६ लाख बढी क्विण्टल उखु क्रसिङ्ग गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ। भुक्तानी नपाउँदा जिल्लाका करिब १० हजार बढी किसान समस्यामा छन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs