एउटै रुखमा ५१ प्रजातिका आँप फले

एजेन्सी । भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् । खेती गर्न थालेका इन्जिनियरले साँच्चै चमत्कार गर्न थालेका छन् । उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् ।

भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् । यसका लागि उनले १३ सयपटक अनुसन्धान गरेका थिए ।

उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो । महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके ।

त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs