प्रतिबन्धको सूचीबाट हटेपछि अदुवा निकासीको समस्या समाधान

काठमाडौं  नेपाली अदुवा भारत निर्यातका क्रममा देखिँदै आएको समस्या समाधान भएको छ । भारत सरकारले काँचो अदुवालाई प्रतिबन्धित वस्तुको सूचीमा राखेकाले अदुवा निर्यातमा समस्या आउने गरेको थियो । सोमबार भारत सरकारले नेपालबाट निर्यात हुने अदुवालाई प्रतिबन्धित सूचीबाट हटाएका अब अदुवा निर्यातमा कुनै विवाद र समस्या नआउने वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले जानकारी दिए ।

सोमबार भारत सरकारको वाणिज्य विभागले जारी गरेको पत्रमा नेपाल र भारतबीच गरिएको व्यापार सम्झौताको दफा ४ र ५ को प्रावधान अनुसार नेपालबाट आयात हुने अदुवालाई प्रतिबन्धको सूचीबाट हटाइएको उल्लेख गरिएको छ । यस्तै भारत सरकारले नेपालबाट निर्यात हुने अदुवामा कुनै कर नलाग्ने जनाएको छ । भारतको केन्द्र सरकारको वाणिज्य नीतिले विगतमा काँचो अदुवाको आयातमा रोक लगाउँदा नेपालबाट भारततर्फ निकासी हुने अदुवा प्राय: जसो विवादमा पर्ने गरेको थियो ।

भारतको भन्सारले सीमामा कहिले क्वारेन्टाइन त, कहिले गुण्स्तरको बहाना बनाएर सीमामा अदुवाका ट्रकहरु रोक्ने गरेको थियो । वाणिज्य मन्त्रालयमा प्रवक्ता सैजुले भने, ‘भारत सरकारले नेपालमा उत्पादन हुने अदुवामा छुट दिएको हो। त्यसैले हाम्रा व्यवसायीले इमान्दारीमा साथ यो सुविधाको उपयोग गर्नु पर्छ।’

अदुवा निर्यात गर्ने केही व्यवसायीले चीनबाट अदुवा ल्याउने र नेपालमा उत्पादन भएको सर्टिफिकेट अफ ओरिजिन (सिओसी) लिँदै भारत तर्फ निकासी गर्ने गरेको आरोप छ ।सैजुले सचेत गराउँदै भने, ‘कसैले भारत सरकारले अहिले दिएको सुविधाको दुरुपयोग गरेमा उसले फेरि नेपालबाट निर्यात हुने अदुवालाई प्रतिबन्धित बस्तुमा राख्न सक्छ ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs