ऊर्जामन्त्रीले वनमन्त्रीलाई फोन गर्दै सहयोग मागे

काठमाडौं ।  ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणधीन भूमिगत त्रिशुली-काठमाडौं प्रसारणलाइनको अनुगमनको क्रममा आइतबार मातातीर्थमा पुगे । वनका कारण प्रसारणलाइन निर्माणमा समस्या आएको रिपोर्टिङ ठेकेदार र आयोजनाले मन्त्रीसमक्ष गरे । त्यसलगत्तै पुनले वनमन्त्री शक्ति बस्नेतलाई फोन लगाएर भने,’मातातर्थी प्रसारणलाइनको समस्या छिटो समाधान गर्नुपर्ने भयो मन्त्रीज्यू, सहयोग गरिदिनुस् ।’ 

उनले प्रसाराणलाइन निर्माणमा ढिलाइ हुँदा हाल उत्पन्न र भविष्यमा आउने समस्याबारे वनमन्त्री बस्नेतलाई जानकारी दिए । पुनले बस्नेतलाई समस्यामा गमभीर भइदिन अनुरोध गरे । महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रभित्र प्रसारणलाइन बनाउन ३३६ वटा रुख काट्न स्वीकृति मागिएको छ । रुख काटानको स्वीकृति मागिएको फाइल वन विभागमा पुगेर अडि्कएको छ ।

यसलाई छिटो प्रक्रियामा लगेर टुंग्याइदिन आग्रह गर्दै ऊर्जामन्त्रीले वनमन्त्रीलाई फिल्डबाटै फोन गरेका हुन् । यसअघि ६८२ वटा रुख कटानका लागि स्वीकृति लाइए पनि रुट परिवर्तन भएपछि अन्योल भएको हो । अनुगमनमा ऊर्जासचिव अनुपकुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सँगै थिए । 

काठमाडौं-त्रिशुली २२० केभीको डबल सर्किट प्रसारणलाइन हुनेछ । यो प्रसारणलाइन अन्तरगत मानव वस्ती छल्नका लागि १३ सय ९ मिटर क्षेत्रमा भूमिगत केबलिङ गर्नुपर्ने छ । मातातीर्थ मन्दिरबाट निर्माणाधीन सब-स्टेशनसम्म नेपालमै पहिलो पटक उच्च भोल्टेजको प्रसारणलाइनलाई भूमिगत गरिँदैछ ।

भूमिगत गर्नुपर्ने १३०९ मिटरमध्ये हालसम्म ६३० मटिरको मात्रै काम सकिएको छ । यसमार्फत २४ वटा तार भूमिगत रुपमा सबस्टेशनसम्म पुग्ने छ । यसमा चीनको सीडब्लुई कम्पनीको काम गरिरहेको छ । काम सुस्त भएको भन्दै स्थानीयले गुनासो गरेपछि ऊर्जामन्त्री, सचि र प्राधिकरण प्रमुख निरीक्षणमा पुगेका हुन् ।

ऊर्जामन्त्री पुनले २ महिनाभित्र अण्डरग्राउण्ड प्रसारणलाइन बिछ्याउने काम सक्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनेले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आफूले गृहमन्त्रीसँग कुरा गरिसकेको बताउँदै समयमै काम सक्ने गरी अघि बढ्न भने ।

काठमाडौं-त्रिशुली प्रसारणलाइन जनवरीभित्र सक्नुपर्ने अवस्था छ । निर्माणाधीन त्रिशुली-थ्री’ए’बाट उत्पादित बिजुली यसैमार्फत काठमाडौं ल्याउने योजना छ । प्रसारणलाइनको १४० मध्ये १२७ वटा टावर बनिसकेको छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs