गाई–गोरु मारे तीन वर्ष कैद

काठमाडौं । गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने उल्लेख छ । 

सोही दफाको उपदफा २ मा गाई वा गोरु मर्न गए मा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन बर्ष सम्म कैद हुने व्यबस्था गरिएको छ । नेपालमा पछिल्लो वर्ष गौहत्याका श्रृङ्खला बढेको भन्दै सरोकारवालो चिन्ताजनाएका थिए । कसैले गाई वा गोरुलाई कुटी अंगभंग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुराएमा ५० हजार रुपैया सम्म जरिबाना हुने उपदफा ३ मा उल्लेख छ ।

दफा २९० मा पशुपंक्षी प्रतिनिर्दयी व्यबहार गर्न नहुने व्यबस्था गरिएको छ । ʻकसैले पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ भन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्यकुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाइ वा हानीकारक बस्तु सेवन गराइ वा अन्य प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यबहार गर्न हुँदैनʼ उपदफा १ मा लेखिएको छ ।

यस्तो कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यबस्था गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs