३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११०

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।

तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो ।

ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए । उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ ग-यो ।

यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए ।

किसानका खेतदेखि कालिमाटी बजारसम्म अनुगमन
अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ । ‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘तरकारी व्यापारका बिचौलियाको धेरैवटा तह पाइएको छ,’ उनले भने, ‘यसले गर्दा तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको छ ।’


विगत डेढ दशकदेखि कालिमाटीलगायत तरकारी बजारको अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अनेक बेथिति देखिने पनि गरेका छन् । तर, तरकारी उत्पादक किसान र उपभोक्ता ठगिने अवस्थाको अन्त्य अझै हुन सकेको छैन ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs