Wednesday, 20th March, 2019

अन्तर्राष्ट्रिय कृषि-औद्योगिक व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘१५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा तेस्रो प्रांगारिक कृषि मेला’ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सो मेला बिहीबारबाट सुरु भएको हो ।

स्वदेशी वस्तुको प्रयोग गर्न आह्वान गर्दै सो मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले जानकारी दिए । ५ दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल रहेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष प्रधानले मेलामा ५० वटा कृषिसम्बन्धी सामग्रीको स्टल रहेको पनि बताए । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतले पनि स्टल राखेको छ ।

नेपाल सरकारको प्रत्यक्ष सहयोगमा आयोजना गरिएको मेलामा नेपालमै उत्पादित, अर्गानिक कृषि सामग्रीहरु, हस्तकलाका सामानहरु मुख्य आकर्षणको रुपमा राखिएको छ । मेलामा प्रत्यक्ष रुपमा ५ करोडबराबरको आर्थिक कारोबार हुने र करिब २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News