Wednesday, 20th March, 2019

स्वदेशी डेरी उद्योगलाई विस्थापित गर्न खोजियो

काठमाडौं । नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघले कृषिजन्य उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुने भन्दै आवाज उठाएका छन् । आत्मनिर्भर उन्मुख डेरी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न नहुने विषयमा डेरी व्यवसायीद्धारा आयोजित पत्रकार सम्मेलनमा स्वदेशमै भएका डेरी उद्योगमा भएको निजी लगानीलाई तहसनहस पार्न खोजिएको प्रति सरकारको विरोध गरेका छन् ।

कृषि उत्पादन क्षेत्र डेरी, मत्स्यपालन र मौरीपालनका क्षेत्रमा विदेशी लगानी खुल्ला गर्दा स्वदेशी लगानी तथा उद्योग धराशायी हुने डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । उनले संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण र एकीकरण गर्न बनेको विधेयकमा डेरी उद्योगमा वैदेशिक लगानी खुल्ला गरिनु डेरी क्षेत्रको ३० अर्ब रुपैयाँ लगानी र बार्षिक १२ अर्ब रुपैयाँ विदेसिनुपर्ने अवस्था आउने बताए । उनले अहिलेकै अवस्थामा विधेयकमा कृषि उत्पादनका क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध गर्नुपर्ने बताए ।

त्यस्तैगरी, संघका निवर्तमान अध्यक्ष सुमित केडियाले डेरी क्षेत्रमा वैदेशिक लगानी आएमा सहरबाट गाउँका किसानसम्म पुग्ने दैनिक ३ अर्ब ५० करोड रुपैयाँ आम्दानी धराशायी बन्ने र समग्र कृषिक्षेत्रको अर्थतन्त्रमा असर पुग्ने बताए । उनले तत्काल विधेयकमा पुनर्विचार नगरे डेरी उद्योगबाटै विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने तर्क गरे ।

त्यस्तैगरी, दुग्ध विकास संस्थान(डीडीसी)का महाप्रवन्धक इश्वरी न्यौपानेले अमुल कम्पनीको दुग्ध पदार्थभन्दा हाम्रो दुग्ध पदार्थ गुणस्तरीय भएको बताए । उनले तत्काल वैदेशिक लगानी खुल्ला गरी अमुल या अन्य कुनै बहुराष्टिय कम्पनी आउन आवश्यक नरहेको बताए । उनले दुग्ध उद्योगको क्षेत्रमा सरकारले सहयोग गरी प्रतिष्पर्धी बनाउनुको सट्टा बहुराष्टिय कम्पनी भित्र्याएर स्वदेशी लगानी र उद्योगलाई धराशायी बनाउन नहुने बताए ।

अहिले डेरी उद्योगमा मर्मत, प्रशोधन उद्योग सहित ३० अर्ब रुपैयाँ लगानी छ । चारओटा ठूला उद्योगले दैनिक डेढ लाख लिटर दुध प्रशोधन गर्ने क्षमता छ । तर, अझैपनि विश्व व्यापार संघले तोकेबमोजिम प्रतिव्यक्ति ९२ लिटर दुधको माग पुरा हुन सकेको छैन । अहिले करिव प्रतिव्यक्ति ७२ लिटर मात्रै दुध आपूर्ति भइरहेको छ । ग्रामीण किसानले उत्पादन १हजार ८५० दुग्ध सहकारीमार्फत संकलन हुन्छ ।

यता, दुध उत्पादक किसानले दुधको उचित मुल्य नपाउँदा मिल्क हलिडे मनाउनुपर्ने बाध्यता छ । डेरी व्यवसायीले विभिन्न सर्त राखेर बहुराष्टिय कम्पनी या अमुल भित्र्याउने र विस्तारै किसानको दुध नकिनेर विदेशबाटै सस्तो धुलो दुध ल्याएर प्रशोधन गर्न सक्ने संयन्त्र सरकारी उच्च तहबाटै रचिएको बताएका छन् ।

तत्काल विधेयकमाथि पुनर्विचार नगरिए शान्तिपूर्ण आन्दोलनमा जान सकिने संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । स्वदेशी डेरी उद्योगहरुले सहकारी मोडेलमा अमुल कम्पनीको प्रविधि भित्र्याउन सक्ने बताए । उनले सहकारी मोडेलमा आधारित रहेको अमुलको प्रविधिमा जादैमा लगानी र स्वदेश उद्योग धराशायी हुने स्थिति नहुने उनले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News