Monday, 20th May, 2019

कृषिको अनुदान सबै बिचौलियाले खाए : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिंदै आएपनि वास्तविक किसानले नपाएको बताएका छन् । सरकारी अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै उनले कृषि उत्पादनमा लागत बढी भएकोबारे अनुसन्धान आवश्यक रहेको बताए ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा भएको साना किसान सम्मेलनमा उनले उन्नत बीउ बिजन, प्रविधि र यान्त्रिकरणका लागि सहकारी खेती अत्यावश्यक भएको बताए । अर्थमन्त्री खतिवडाले कृषिमा आत्मनिर्भर हुनका लागि सहकारीमार्फत सामूहिक रुपमा व्यवसायिक खेती गर्नुपर्ने उल्लेख गरे ।

सहकारीमार्फत व्यवसायिक ढंगले उत्पादन गरे केही वर्षभित्रै कृषिमा आत्मनिर्भर बन्न सकिने उनले बताए। सामूहिक खेतले कृषि उत्पादनमा आत्मननिर्भर हुनुका साथै निर्यात समेत गर्न सकिने उनको भनाइ थियो। कृषि, उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।

सधैं साना किसान भएर मात्र नहुने भन्दै उनले कृषिका ठूला आयोजना सञ्चालन गर्नमा जोड दिए। सरोकारवाला निकायले संघीय संरचनाको सदुपयोग गर्दै अधिकतम लाभ लिन सक्नुपर्ने उनको भनाइ थियो। मन्त्री खतिवडाले कृषिका जोखिम न्यूनिकरण गर्न किसानलाई राज्यले संरक्षण गर्दै आएको बताए।

सरकारले बीमामार्फत् कृषिको जोखिम व्यवस्थापन गर्दै गएको जानकारी दिँदै उनले दीर्घकालिन रणनीति बनाएर कृषिको उत्पादनमा प्राथमिकताका साथ अगाडि बढ्न सरकार क्रियाशील रहेको बताए । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले बजार व्यवस्थापन हुन नसकेका कारण कृषक मारमा परेको बताए ।

सहकारी र सरकार मिलेर उत्पादन, बजारीकरण र भण्डारण गर्न सकिएको छैन सम्बन्धित निकायको यसमा ध्यान जान आवश्यक रहेको उनले बताए । पशुपालनमा दिएको सरकारको सहुलियत कर्जाले केही राहत भएपनि अपुग भएको र दुधजन्यमा पनि सहुलियत व्याज आवश्यक भएको उनले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News