Thursday, 18th April, 2019

कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हाते ट्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्याक्टर वितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महानगरले ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरणका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकामा २२२ कृषक तथा समूहले निवेदन दर्ता गरेकामा प्राथमिकताका आधारमा वितरण गरिएको महाशाखाले जनाएको छ । महानगरका ३३ वडामध्ये २३ ट्याक्टरका लागि माग भएको र बाँकीलाई वितरणको तयारी गरिएको कडरियाको भनाइ छ ।

महानगर प्रमुख मानबहादुर जिसीले यान्त्रिकरणको माध्यमबाट खेती गर्दा कम जनशक्तिको प्रयोगबाट अधिकतम लाभ लिन सकिने भन्दै कृषिलाई यान्त्रिकरण र व्यावसायिक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए । गुणस्तरीय उत्पादन गरी बजारीकरण गर्ने यहाँको उत्पादनलाई ब्रान्डिङ गरी स्थानीय कृषक तथा उत्पादनलाई प्रर्वद्धन गर्ने योजना रहेको प्रमुख जिसीले प्रष्ट पारे ।

कार्यक्रममा सहभागी ५० कृषकलाई यान्त्रिकरण, सञ्चालन तरिका, अनुदानमा प्राप्त ट्र्याक्टरसहुलियतदरमा अन्य सदस्यलाई दिनुपर्नेलगायतमा अभिमूखीकरण गरिएको थियो । महानगरले यसै वर्षमा कृषकलाई कृषि उपकरण सहजताका लागि सहुलियतदरमा उपलब्ध गराउने उद्देश्यले उपकरण केन्द्र स्थापनाको तयारी गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको साझेदारीमा कृषकलाई कृषि उपकरण भाडामा उपलब्ध गराउने प्रयोजनका लागि ९कस्टम हायारिङ केन्द्र० स्थापना गरिने महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । यसका लागि चालू आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News