Friday, 20th September, 2019

उखु किसानलाई अनुदान दिन त्रिपाठीको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उखु किसानलाई तत्काल अनुदान सहायता उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

सांसद त्रिपाठीले उखु उद्योगीहरूका कारण अर्बौंको घाटा व्यहोर्न बाध्य उखु किसानहरुका लागि सरकारले ७० प्रतिशत र उखु उद्योगीहरुले ३० प्रतिशत अनुदान सहायता तत्काल उपलब्ध गराउनुपर्ने पनि स्पष्ट पारेका हुन् । 

उखु उद्योग बन्द भएका कारण सर्लाहीमा मात्रै करिब ३ अर्बको उखु खेतमै नष्ट हुने अवस्थामा रहँदा पनि सरकारले उनीहरुलाई राहत दिन उचित कदम चाल्न नसकेको सांसद त्रिपाठीको निष्कर्ष छ । 

सांसद त्रिपाठीले उखु उद्योगीहरुले फेरी पनि चिनीको मूल्य वृद्धि गर्न खोजिरहेको उल्लेख गर्दै उनले सचेत रहन पनि सरकारसमक्ष आग्रह गरे । उखु किसानलाई मारमा पार्ने उखु उद्योगीहरुको गतिविधिप्रति सरकार गम्भिर बन्न नसकेको आरोप पनि लगाए। 

फरक प्रसंगमा सांसद त्रिपाठीले सरकारको एक वर्षे कार्यकाललाई निराशाजनक भन्न नमिल्ने टिप्पणी पनि गरे । सरकारले अब भने प्राथमिकता निर्धारण गरेर आफ्नो कामलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News