Friday, 20th September, 2019

समृद्धिको सुरुवात गाउँबाट हुन्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताएकी छिन् । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।

मन्त्री अर्यालले गाउँ गाउँबाट समृद्धिको अभियान सुरु हुने बताइन् । उत्पादनमा जोड दिदै उनले गाउँको माटो सुहाउदो शिक्षा दिन सके शिक्षित युवाहरु बेरोजगार हुन नपर्ने बताइन् । प्राविधिक शिक्षामा सरकारको ध्यान गएको भन्दै गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको लागि स्वरेक नमुना बन्न सक्ने उनको भनाई थियो ।

प्राविधिक कलेज सञ्चालन गर्न तत्काल चुनौती भएपनि कक्षा ९, १० मै प्राविधिक शिक्षा समेट्न सके सहज हुने बताइन् । अर्को प्रसंगमा मन्त्री अर्यालले विकासको हिसावले अहिले सम्म स्वरेक पछाडी परेको भन्दै पुर्व जनप्रतिनिधि पनि यसमा दोषी रहेको बताएकी छिन् । अर्यालले स्वरेकमा अब बाटो पिच हुने बताउदै प्याराग्लाईडिङको लागि स्वरेक मैदान हव रहेको बताइन् ।

स्वरेकको विकासको लागि निर्बाचनको बेला गरेका बाचा पुरा गरेरै छाड्ने उनको प्रतिवद्धता थियो । विकासको लागि राजनीति गर्न नहुने उनको भनाई थियो । चुनावको बेला यो पार्टी त्यो पार्टी भनेपनि निर्बाचन पछि सवै आफ्नो गाउँ आफ्नो ठाउँको विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् ।

गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले प्राविधि शिक्षामा चासो राखेको भन्दै यस विद्यालयलाई पनि सक्दो सहयोग गर्ने बताए । अहिलेको आबश्यकता प्राविधि शिक्षा भएको भन्दै रेग्मीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अहिले निशुल्क शिक्षा भन्दा पनि गुणस्तरीय शिक्षा आबश्यक रहेकोले गुणस्तरीय शिक्षाको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्याङजाका अध्यक्ष सुरज गैरे(पारस), संकल्पकर्ता धु्रवशरण बस्याल, विद्यायल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष यमलाल शर्मा पंगेनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

माहायज्ञको पहिलो दिनमै २०लाख रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक कमल पंगेनीले जानकारी दिएका छन् । माहायज्ञ शुरुवातको दिन सयौको सख्यामा कलश यात्रामा भक्तजनहरुको सहभागीता रहेको थियो । महायज्ञ २२ गते सम्म सञ्चालन हुनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News