Tuesday, 20th August, 2019

मोरङको कटहरी कृषि बजार अझै सञ्चालनमा आएन

विराटनगर  मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

१ नम्बर प्रदेश सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा निर्माण गरिएको हो। गत चैत ३ गते निर्माण सम्पन्न भएर प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै थोक बजारको साँचो मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए। 

प्रदेश सरकारले सो एकीकृत फलफूल तथा तरकारी थोक बजार समयमै सञ्चालनमा ल्याउन नसक्दा त्यहाँ निर्माण भएको करोडौँको संरचना अझै प्रयोगविहीन छ। सो कृषि बजार सञ्चालनमा आउन नसकेपछि अहिले त्यस क्षेत्रमा झार उम्रिएर संरचनाहरु नै बिग्रने खतरा बढ्दै गएको छ।

प्रदेश सरकारले नीति बनाएर बजार सञ्चालनमा ल्याउनुपर्ने भए पनि त्यसको आवश्यक काम हुन सकेको छैन। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले गाउँपालिका र प्रदेश सरकार बीचको सहमतिमा सो बजार सञ्चालन हुनुपर्ने भए पनि कुनै छलफल नभएको बताए। प्रदेश सरकारले सो बजार गाउँपालिकालाई नै सञ्चालन गर्न दिए सहज हुने उनको धारणा छ।

उनले भने ‘प्रधानमन्त्री ज्यूले उद्घाटन गरेर प्रदेशका मुख्यमन्त्री ज्यूलाई साँचो हस्तान्तरण गर्नुभएको छ। प्रदेश सरकार र गाउँपालिकाको सहमतिमा सञ्चालन गर्ने कुरा भएको छ। तर, हालसम्म कुनै संवाद र छलफल भएको छैन। अहिलेसम्म केही त्यस्तो कुरा जानकारी पनि छैन। हामीले चाहिँ हामीलाई नै सञ्चालन गर्न दिए हुन्थ्यो भन्ने लागेको छ।’ 

अध्यक्ष कामतले कटहरी गाउँपालिका विराटनगर महानगरपालिकासँग जोडिएको हुनाले र सो गाउँपालिकामा प्रयाप्त कृषि उत्पादन हुने भएकाले कृषकहरुले सहज बजार पाउने बताए। उनले सो बजार सञ्चालनमा आए धेरै कृषक र स्थानीय लाभान्वित हुने बताए। उनले भने, ‘यहाँ कृषि उत्पादन धेरै छ। मोरङमै सबैभन्दा बढी तरकारी खेती यही गाउँपालिकामा हुन्छ। यहाँ र आसपासका धेरै किसान दाजुभाईहरु लाभान्वित हुनुहुनेछ। धेरैलाई रोजगारीको अवसर समेत सिर्जना हुनेछ।

यता प्रदेश १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने सो बजार सञ्चालनको विधि तथा प्रक्रिया नै तयार नभई प्रदेश सरकारलाई हस्तान्तरण भएको बताएको छ। मन्त्रालयका अनुसार हाल भने उक्त बजार व्यवस्थापनका लागि विधि प्रक्रिया तयार भइरहेको जनाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बजार सञ्चालनको कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए।

उनले सो बजार सञ्चालन कार्यविधि प्रदेश मन्त्री परिषदबाट स्वीकृत हुने बित्तिकै बजार सञ्चालनमा ल्याउने प्रक्रियामा लागिपरेको दावी गरे। ‘थोक कृषि बजार संघीय सरकारबाट निर्माण भएको हो।’ उनले भने ‘शुरुमा निर्माण गर्दाको चरणमा प्रदेश सरकालाई हस्तान्तरण गर्ने भन्ने कुराहरु थिएन र पछि आएर प्रदेश सरकारलाई सञ्चालनको विधि प्रकृया तयार नगरि हस्तान्तरण गरियो। हस्तान्तरण भएपछि बजार सञ्चालनका विधि प्रक्रिया तयार हुँदैछ। अन्तिम चरणमा छौँ। कार्यविधि बनिसकेर प्रदेश मन्त्री परिषदबाट स्वीकृत भएपछि अबको करीब करीब हप्ता १० दिन भित्रमा सञ्चालनमा ल्याउँछौँ।’ 

स्थानीय जनप्रिय माविको ४ बिगाह २ कठ्ठा र कटहरी गाउँपालिकाको करिब १८ कठ्ठा २ धुर जग्गा पचास वर्षका लागि भाडामा लिएर २०६८ सालमा सो कृषि बजारको निर्माण थालिएको थियो। मन्त्रालयका अनुसार कृषि बजारमा थोक विक्री कक्ष, कृषक विक्री सेड, विभिन्न ३० वटा स्टल, प्रशासकीय भवन, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबवेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा रहनेछ।

बजारभित्र एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल र तीन सय ५१ स्क्वायर मिटर क्षेत्रमा खुद्रा बजार रहेको सचिव विष्टले जानकारी दिए। सञ्चालनमा आएपछि सो बजारमा किसान आफूले उत्पादन गरेको तरकारी र फलफूल सोझै बजारमा लगेर विक्री गर्न पाउनेछन्। बजारभित्र एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल रहने व्यवस्था मिलाइएको छ।

बजारभित्र फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्ड छ। पानी आपूर्तिका लागि फिल्टर सहितको डिप ट्युबवेल, जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ। सीसी क्यामेराको निगरानीमा रहने बजारमा आगलागी नियन्त्रण गर्न भूमिगत रुपमा पानीको व्यवस्थापन पनि गरिएको छ। वार्षिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र दश हजार मेट्रिक टन फलफूल विक्री गर्न मिल्ने बजारको क्षमता रहेको सचिव विष्टले जानकारी दिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News