Monday, 17th June, 2019

अमेरिकीहरूले अत्यधिक रुचाए नेपाली चिया

काठमाडौं  अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्समा मंगलवार नेपाली चियाका विषयमा एउटा लेख छापिएको छ । म्याक्स फाल्कोविजले लेखेको उक्त लेखको शीर्षक छ : दार्जीलिङ चिया नभन्नुस्, यो नेपाली चिया हो ।

लेखक फाल्कोविजले भारतको दार्जीलिङ र नेपालमा चियाखेती कसरी शुरू भयो भन्ने इतिहास केलाउँदै दार्जीलिङमा चिया उत्पादनमा समस्या आइरहेको अनि नेपालको चिया उत्पादन चाहिँ क्रमिक रूपमा बढिरहेको लेखेका छन् ।

उनका अनुसार, नेपाली चियाको माग उत्तर अमेरिका तथा युरोपका स्पेसल्टी बूटिक र अन्लाइन स्टोरहरूमा निकै धेरै छ । पश्चिमाहरू नेपाली चियाको पारखी बनेका छन् ।

‘नेपाल र दार्जीलिङ एकदमै नजिक छन् तर नेपाली चियाको एक भिन्नै स्वाद छ । यो अत्यन्तै मीठो छ,’ अमेरिकी क्रेता तथा चियापसलहरूकी सल्लाहकार जेनी डोडले बताइन् । डोडले काठमाडौंमा अपार्टमेन्ट भाडामा लिएर बसेकी छन् र अमेरिकाबाट नेपाल आइरहन्छिन् । ‘नेपाली चिया पटक्कै तिख्खर छैन । त्यसको चुस्की लिँदा बेग्लै आनन्दको अनुभव हुन्छ ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News