Monday, 17th June, 2019

स्पिभाक : एक भ्यानगार्ड

अरूण गुप्ताे - प्रोफेसर गायत्री चक्रवर्ती स्पिभाक आफूलाई भ्यानगार्डको अनुपूरक सोच्छिन् । उनी आफैँ पनि एक भ्यानगार्ड नै हुन् । अहिले संसारकै ‘टप इन्टेलेक्चुअल’को सूचीमा पर्ने स्पिभाकसँग मलाई ‘साउथ एसिया स्टडिज’ले जोडेको हो । सन् १९४२ मा जन्मिएकी स्पिभाक अहिले ७६ वर्ष पुगिन् । उनी युनिभर्सिटी अफ कलकत्ताबाट ग्य्राजुएसन गरी सम्पत्ति धितो राखेर कर्नेल युनिभर्सिटी पढ्न गइन् ।

त्यहीँबाट उनको अन्तर्राष्ट्रिय बौद्धिक यात्रा सुरु भयो । उनी सन् २०११ मा मेरो निमन्त्रणामा काठमाडौं आएकी थिइन् । ‘रिथिंकिङ साउथ एसिएन लिटरेचर’मा आएसरका विद्यार्थीसँग उनले चार वर्ष काम गरिन् । उनी हामीलाई बारम्बार भन्थिन्– ‘म अग्रपंक्तिकालाई अनुपूरित (सप्लिमेन्टिङ द भ्यानगार्ड) गर्छु ।’ कहिलेकाहीँ भन्छिन्– ‘म आफैँ चाहे पनि–नचाहे पनि भ्यानगार्ड नै हो ।’ 

उनको यो कुरा ग्राम्सीको ‘अग्र्यानिक इन्टलेक्चुअल’ या सहीको ‘रिप्रेजेन्टेसन अफ इन्टेलेक्चुअल’को अवधारणासँग मिल्दो छ । भ्यानगार्ड अर्थात् अगुवाबारे उनको आफ्नै बुझाइ छ । एउटा भ्यानगार्ड कस्तो हुनुपर्छ त ? आफ्नै पूर्वतर्कमा असहमति राख्दै विरोध गर्न सक्छ, उसमा गाम्भीर्य र विनम्रता पनि हुन्छ ।

अनि एक्लै पनि काम गरिरहन्छ, रवीन्द्रनाथ टेगोरको कविता ‘एक्ला चलो रे’ जस्तै । ऊ एकदमै व्यावहारिक (प्राक्टिकल) काम मात्रै गर्दैन । व्यावहारिक काम गर्नुपर्छ तर यही नै उसको सर्वोपरी उद्देश्य होइन । व्यावहारिकइतर कामको अर्थ हो, कल्पनाशीलता र आदर्शको काम । 

भ्यानगार्डलाई बौद्धिक वा ज्ञानशास्त्रीय ढंगले अनुपूरित गर्नुमा आफ्नो रुचि भएको उनी बताउँछिन्, किनभने उसलाई नै ज्ञानको माध्यमले अनुपूरित गर्न सकिन्छ । उनी ती भ्यानगार्डको कल्पनाशीलतालाई तालिम दिएर ज्ञानशास्त्रीय प्रस्तुति गर्नुपर्छ भन्ने तर्क गर्छिन् । अर्थात्, कल्पनाशीलतालाई पनि तालिम दिनुपर्छ । 

उनको यो सैद्धान्तिक दृष्टिकोण मात्र होइन, उनी यसलाई व्यवहारमा पनि प्रयोग गरिरहेकी छिन् । अग्रपंक्तिमा उभिएकालाई तालिम दिने काम उनी बंगालको वीरभुममा गरिरहेकी छन् । वीरभुम भारतको असाध्यै गरिबहरू बस्ने ठाउँ हो । उनी त्यहाँ शिक्षकहरूलाई शिक्षणसम्बन्धी तालिम दिन्छिन् ।

एकातर्फ उनी संसारकै उत्कृष्ट कोलम्बिया विश्वविद्यालयमा अध्यापन गर्छिन्, अर्कातर्फ भारतको असाध्यै पिछडिएको गाउँमा सयौँ कष्ट व्यहोरेर त्यहाँका गरिबहरूको सेवा गर्छिन् । वीरभुममा मात्र होइन, अफ्रिकाका केही ठाउँमा पनि उनी यो काम गरिरहेकी छिन् ।

यसरी उनी आफैँ एक भ्यानगार्ड हुन् । गाउँमा अग्रपंक्तिमा रहेकाहरूलाई तालिम दिन्छिन्, यो उनको चरित्र हो । यस चरित्रलाई नबुझी स्पिभाकलाई बुझ्न सकिँदैन । उनी जे भन्छिन्, आफ्नै दैनिक जीवन व्यवहारमा उतार्छिन् । विश्वविद्यालयका सुविधासम्पन्न कोठामा बसेर सिद्धान्त लेख्ने काममा मात्र छैनन् स्पिभाक । उनी बारम्बार भन्ने गर्छिन्– ‘सिद्धान्त र व्यावहारिक जीवन फरक हो भनेर मान्छेहरू हतारमा भन्छन् ।’

सिद्धान्त र जीवन व्यवहार एक–अर्काका पूरक हुन् । उनी आफू जे बोल्छिन्, लेख्छिन्, जुन कुराको वकालत गर्छिन्, जीवन त्यसैगरी बिताउँछिन् । यसकै लागि उनले ६ लाख ३० हजार अमेरिकी डलरबराबरको क्योटो पुरस्कार पनि उनले पाएकी थिइन् । यो पुरस्कारको ठूलो हिस्सा उनले गरिबहरू पढ्ने स्कुलमा खर्च गरिन् ।

उनी भन्छिन् पनि, ‘म टेगोरजस्तो रुखमुनि बसेर मध्यमवर्गका विद्यार्थीलाई पढाउँदिनँ ।’ शौचालय, बिजुली र शुद्ध खानेपानी नभएका गाउँमा पुगेर उनले विगत २५ वर्षदेखि काम गरिरहेकी छन् । गायत्रीको सिद्धान्त बुझ्न उनको जिन्दगीको ‘प्याटर्न’ पनि बुझ्नुपर्छ । 

उनी यो उमेरमा पनि अफ्रिका, नेपाल, मेक्सिकोलगायतका देश दगुरिरहेकी छन् । उनलाई शाहरुख खानका फिल्म मनपर्छ तर हेर्ने समय नै छैन । मलाई रक्सी खान मनपर्छ तर त्यसका लागि समय छैन । तर, कुन वेला शाहरुखका फिल्म हेर्ने ? कुनवेला रक्सी खाने ? समय नै छैन भनेर गायत्रीले मसँग भनिरहन्छिन् । प्लेनबाट उत्रिनेसाथ ट्वाइलेटको बेसिनमा ल्यापटक राखेर काम गर्छिन् उनी । 

उनले एकपटक भनेकी थिइन्, ‘म जुनसुकै ठाउँमा पनि काम गर्न सक्छु । कोही मेरो छेउमा आएर जतिसुकै गफ गरोस्, छेउमा गीत बजोस् र अरू नाचिरहेका हुन् तर म आफ्नो किताब लखिरहन र छेउको मान्छेसँग गफ गरिरहन सक्छु ।’ आफूलाई तालिम दिएर आर्जन गरेको सीप हो । 

उनी आफूले दुइटा सीप साधना गरेर आर्जन गरेको बारम्बार दोहोर्‍याउँछिन् । एउटा, जतिसुकै भिडभाडमा पनि लेख्ने र छेउका मान्छेसँग गफ गर्ने । दोस्रो, उनले आमाबाट कुनै भाँडालाई औँलाले हान्दा आउने आवाजबाट त्यसमा प्रयोग भएको धातु पत्ता लगाउने सीप सिकेकी छिन् ।

भारतमा स्पिभाक मन नपराउने विद्वान्हरूको संख्या ठूलो छ । उनी सैद्धान्तिक कुरामा विश्वास गर्छिन् र आफू पनि त्यहीअनुसारको जीवन व्यवहार प्रस्तुत गर्छिन् । अमेरिकामा विश्वसाहित्य पढाउँदा पनि उनले आफूलाई प्रमाणित गरेर देखाइन् ।

विश्व साहित्यमा चिनियाँ उपन्यास पनि पर्छन्, भारतीय, स्पेनिस, रसियन र नेपालीलगायत उपन्यास पनि पर्छन् । धेरै प्राध्यापक विश्व साहित्यका यी उपन्यास पढाउनुपर्दा अंग्रेजीमा उल्था गरिएका सामग्री खोज्छन्, आफू पनि त्यही पढ्छन् र विद्यार्थीलाई पनि त्यही पढाउँछन् । यसमा स्पिभाक फरक मत राख्छिन् । स्पिभाकका अनुसार शिक्षकले काम चलाउ भए पनि त्यो साहित्यको भाषा जान्नुपर्छ ।

विभिन्न भाषाको ज्ञानबेगर विश्व साहित्य पढाउन सकिँदैन । नेपाली भाषाको साहित्य पढाउन नेपाली जान्नैपर्छ । त्यसरी मात्र विद्यार्थीलाई ठीक ढंगले पढाउनुपर्छ । उनले आफ्नो यो मतलाई व्यवहारमा उतारिन् । एउटा विश्वविद्यालयले चिनियाँ साहित्य पढाउन अनुरोध गर्दा उनले चिनियाँ भाषा पढेर मात्र पढाइन् । पढाउनका लागि तिब्बती भाषा पनि सिकिन् ।

उनले ‘अफ ग्रामेटोलोजी’लाई फ्रेन्चबाट अंग्रेजीमा अनुवाद गरिन् । यसले उनको चर्चा एकाएक चुलियो । तर, उनी आफैँचाहिँ यो अनुवादबाट सन्तुष्ट भइनन् । पाँच–छ वर्षअघि नेपाल आउँदा उनले मसँग भनेकी थिइन्, ‘अफ ग्रामेटोलोजीलाई म फेरि अनुवाद गर्दै छु ।’ मैले सोधेँ, ‘त्यो त गरिसक्नु नै भएको छ । फेरि किन गर्नुप-यो ?’ उनले जवाफ दिइन्, ‘होइन, त्यसमा धेरै गल्तीहरू छन्, त्यसैले म फेरि गर्छु । प्रत्येक दिन एकएक पेज गर्छु, भ्याइहाल्छु ।’

उनी त्यही कुरा विश्व साहित्यका प्राध्यापकलाई भन्छिन् । आफूले पढाउने साहित्यको भाषामा जानकारी छैन भने त्यो विषयमा राम्रो ज्ञान नै हुँदैन भन्ने उनको दृढ मत छ । उनको यो अडान विवादास्पद पनि छ ।

उनी कहिलेकाहीँ आफ्ना विद्यार्थीका लागि कष्ट बोकेर खडा हुन्थिन् । म एकचोटि कसैलाई लिन एयरपोर्ट पुगेको थिएँ, साँझ चार–पाँच बजेको समय स्पिभाकको फोन आयो । उनले मुम्बईबाट फोन गरेकी थिइन् । उनको बोलीमा उत्साह थियो । निकै उत्साहका साथ उनले फोनमा एउटा घटना सुनाइन् । 

अघिल्लोपटक भारत आउँदा उनले एकजना विद्यार्थीलाई झपारेकी रहिछन् । उसले मराठीमा ग्राम्सीको पुस्तक उल्था गर्ने सोच बनाएको रहेछ । उसले अंग्रेजीबाट मराठीमा उल्था गर्न खोजेको रहेछ । उनले भनेकी रहिछन्, ‘राम्रो उल्था गर्ने हो भने पहिला इटालियन भाषामा दख्खल हासिल गर, त्यसपछि उल्था गर ।’

उनले मलाई फोन गर्नुको कारणचाहिँ उनले मुम्बईमा त्यस केटालाई भेटिछन् र उसले ६–७ महिना लगाएर इटाली भाषा सिकेछ । उसले अब इटालियन भाषाबाटै उल्था गर्न लागेको स्पिभाकलाई सुनाएछ । त्यसैले उनी विद्यार्थीका लागि असहज प्रतीत हुन सक्छिन् । उनी आलोचना गर्न कसैलाई बाँकी राख्दिनन् ।

आफूप्रति पनि उनी आलोचनात्मक छिन् । आफूलाई गल्ती महसुस भए उनी त्यसलाई स्वीकार्न अलिकति पनि हिच्किचाउँदिनन् । यस्तो क्षमता धेरै कम मान्छेसँग हुन्छ । आफ्नो विचारमा गल्ती खोज्नु स्पिभाकको विशेषता हो । 

आफ्नो आलोचनामा उनी कति कठोर छिन् भन्ने कुरा ‘अफ ग्रामेटोलोजी’को अनुवादको प्रसंगले बुझाउँछ ।स्पिभाकलाई संसारभर प्रसिद्धि दिलाएको दुईवटा कामले हो, ‘क्यान द सवाल्र्टन स्पिक’ भन्ने लेख र ज्याक डेरिडाको ‘अफ ग्रामेटोलोजी’को अंग्रेजी अनुवादले हो । 

उनले ‘अफ ग्रामेटोलोजी’लाई फ्रेन्चबाट अंग्रेजीमा अनुवाद गरिन् । यसले उनको चर्चा एकाएक चुलियो । तर, उनी आफैँचाहिँ यो अनुवादबाट सन्तुष्ट भइनन् । पाँच–छ वर्षअघि नेपाल आउँदा उनले मसँग भनेकी थिइन्, ‘अफ ग्रामेटोलोजीलाई म फेरि अनुवाद गर्दै छु ।’ मैले सोधेँ, ‘त्यो त गरिसक्नु नै भएको छ । फेरि किन गर्नुपर्‍यो ।’

उनले जवाफ दिइन्, ‘होइन, त्यसमा धेरै गल्ती छन्, त्यसैले म फेरि गर्छु । प्रत्येक दिन एकएक पेज गर्छु, भ्याइहाल्छु ।’ म छक्क परेको थिएँ, यो उमेरमा पनि यस्तो व्यस्त जीवन बिताइरहेकी उनले कसरी गर्छिन् । त्यसको एक–दुई वर्षपछि आउँदा उनीसँग अर्को अनुवाद लिएर आइन् । उनको यो मिहिनेत र आफ्नो गल्ती स्विकार्ने स्वभावबाट म चकित परेको थिएँ । 

‘क्यान द सवाल्र्टन स्पिक’बारे एक ठाउँ लेखेकी छिन्, ‘कुनै अवधारणाबारे लेख्नु, परिभाषित गर्नु, त्यसलाई व्याख्या गर्नु सम्भव छैन, तर भन्नु पनि पर्छ । तर, मेरो मनमा सवाल्र्टनबारे मेरो मनमा एउटा छटपटी छ । त्यसैले मैले नेलेखी सकिनँ ।’

उनले यो भनाइ प्रजातन्त्र, राष्ट्रियताजस्ता अरू अवधारणामा पनि लागू हुन्छ । एउटा बौद्धिकले यसलाई व्याख्या गर्न वा पढाउन सकिँदैन भन्ने कुराबाट नै सुरु गर्नुपर्छ । अवधारणालाई बुझ्ने यो ‘सोक्रेटिक’ परम्परा हो । प्रोटागोरसले ग्रिक युवाहरूलाई ‘एक्सिलेन्स’ पढाउँछु भन्दा सोक्रेटसले यस्तै जवाफ दिएका थिए । उनले प्रोटागोरसलाई सोधेका थिए, ‘तिमी कसरी एक्सिलेन्स पढाउँछौ । भन, एक्सिलेन्स भनेकै के हो ?’

प्रोटागोरसले एक्सिलेन्स बुझाउन समानार्थी शब्दहरू ‘जस्टिस’, ‘होलिनेस’, ‘विस्डम’ र ‘मोडेरेसन’जस्ता शब्द प्रयोग गर्छन् । सोक्रेटस यिनै शब्दमा पक्रिएर उनलाई प्रतिप्रश्न गर्छन् । अन्तिममा, सोक्रेटसले प्रोटागोरसलाई यी सबै गुण ‘एक्सिलेन्स’भित्र पर्छन्, तर यीमध्ये कुनै पनि गुण आफैँमा एक्सिलेन्स होइन भन्ने कुरामा सहमत गराउँछन् । कुनै पनि अवधारणामा निरन्तर प्रश्न गर्ने यो परम्परामा ज्याक डेरिडासँगै स्पिभाक पनि उभिएकी छिन् । 

त्यसो भए के त, केही नपढाउने, नलेख्ने, व्याख्या नै नगर्ने भन्ने प्रश्न आउँछ । त्यस्तो होइन । पढाउने, लेख्ने र व्याख्या पनि गर्ने तर म स्पष्ट रूपमा ठोकुवा गरेर यही भन्छु भनेर दाबी गर्नु भएन । हरेक अवधारणामा विरोधाभास छ भन्ने स्वीकार गर्नु आवश्यक छ । यो विरोधाभास नै व्याख्याको चरित्र हो । यही विरोधाभास उनको सवाल्र्टनमा पनि छ । यही विरोधाभासको कारणले कुनै अवधाराणाका धेरै आयाम बुझ्न सकिन्छ । 

एकपटक मैले उनलाई भनेको पनि थिएँ, ‘तपाईं, डेरिडा, होमी भावामा सोक्रेटसको तर्कशास्त्रीय परम्परा देखिन्छ ।’ यो उनको असल शिक्षकको गुण हो । कथा भन्नु उनको अर्को विशेषता हो ।

उनलाई कसैले केही प्रश्न सोध्यो भने धेरैजसो आफ्ना व्यक्तिगत कथा सुनाएर जवाफ दिन्छिन् । एकपटक यहीँ आएका वेला अमेरिकी प्रोफेसरले एउटा कार्यक्रममा स्पिभाकलाई उनी किन आफ्ना व्यक्तिगत कथा सुनाउँछिन् भनेर प्रश्न सोधे । ती प्राध्यापकले उनको यो शैलीको विरोध नै गरेका थिए ।

सबैलाई उनको कथामा रुचि नहुन सक्छ वा श्रोता दिक्दार पनि हुन सक्छन् भन्ने तर्क गरे उनले । प्रश्न सुनेर उनले निकै बेर सोचिन् । उनको त्यो एकछिनको मौनता मैले पहिलोपटक देखेको थिएँ । एकछिनपछि उत्तर दिएकी थिइन्, ‘आइ एम अनडन बाई योर कमेन्ट ।’

मेरो विचारमा यो उनको महŒवपूर्ण विशेषता हो । कथा भनेर आफ्ना विचार प्रस्ट्याउने ठूला विद्वान्हरूको तरिका हो, चाणक्य होस् वा सोक्रेटस । उनीहरूले उत्तर दिँदा कथाको सहायता लिन्छन् । जब उमेर पाको हुन्छ, संसार देखेको हुन्छ उसले नै कथा भन्ने सामथ्र्य राख्छ ।

स्पष्टताका लागि कथाको आवश्यकता हुन्छ । पुराण–वेद र उपनिषद्को फरक नै के हो भने उपनिषद्मा सैद्धान्तिक रूपमा जे भनिएको छ, कथाको सहायतामा पुराणमा त्यही भनिएको छ । सिद्धान्त वा दर्शनको भाषा सबैले बुझ्छन् भन्ने हुँदैन, तर कथाको भाषा साधारण मान्छेहरूले पनि सजिलै बुझ्छ ।

कुनै दर्शन समग्र समाजलाई बुझाउने हो भने त्यसमाथि कथा निर्माण गर्नु आवश्यक हुन्छ । कथाले उदाहरण दिन्छ, बुझाइमा सहजता ल्याइदिन्छ । त्यसैले दृष्टान्त कथा विचारको स्पष्टताका लागि ल्याइन्छ । 

उनको एउटा चिन्ताको चर्चा गरौँ । उनले मलाई पटक–पटक भन्ने गर्थिन्, ‘थाहा छ अरुण, म मरेपछि मलाई कसैले पढ्दैन ।’ मलाई यो स्तरको एउटा विद्वान्ले पटक–पटक किन यस्तो भन्छिन् भन्ने लागिरह्यो । वास्तवमा यो उनको मृत्युप्रतिको चिन्ता वा डर होइन । अध्ययन र चिन्तनको प्रणालीमाथि उनको गम्भीर चिन्ता हो । गम्भीर अध्ययन र चिन्तन प्रणालीमा आएको ह्रासको कारण उत्पन्न चिन्ता हो ।

मलाई पढ्दैनन् भन्नुको अर्थ अब गम्भीर कुरा पढ्ने बानी हराइरहेको छ भन्ने हो । यो चिन्तामा विनम्रता पनि छ । पाठकहरू र समालोचकहरू भन्छन्, स्पिभाक असाध्यै गाह्रो लेख्छिन् । होमी भावा, डेरिडालगायतलाई पनि यो कुरामा उडाउने गरिएको छ । यो त मिठोमिठो भाषामा सजिलो गरी लेखेर आफ्नो अगाडि मिठोमिठो खानेकुरा पस्किदेऊ भनेझैं भयो ।

भारतमा स्पिभाक मन नपराउने विद्वानहरूको संख्या ठूलो छ । उनी सैद्धान्तिक कुरामा विश्वास गर्छिन् र आफू पनि त्यहीअनुसारको जीवन व्यवहार प्रस्तुत गर्छिन् । अमेरिकामा विश्वसाहित्य पढाउँदा पनि उनले आफूलाई प्रमाणित गरेर देखाइन् ।

पाठकको दायित्व के हो त ? जटिल लेखलाई मिहिनेत गरेर अर्थ खोज्नु पाठकको दायित्व हो । कतिपय गम्भीर विषयवस्तुमाथि लेख्दा गम्भीर भाषा आवश्यक हुन्छ । मैले गम्भीर विषयमा लेखेको छु भने त्यसलाई बुझ्न तिम्रो मिहिनेत पनि जरुरी हुन्छ । कसैले स्पिभाकले गाह्रो लेख्छिन् भन्यो भने उनी भन्छिन्, ‘यो रेसिस्ट कुरा हो ।’

म फेरि ‘साउथ एसियन स्टडिज’को कुरा जोड्छु । श्रीधर लोहनी सरसँग चितवनमा लगभग दश वर्षअघि यो विषयमा कुरा भएको थियो । सरले भन्नुभएको थियो, ‘साउथ एसिया स्टडिजका केही समस्या छन्, यसमा रिसर्च गर्नु जरुरी छ अरुण ।’ अनि त्यतिवेला उहाँले भन्नुभएको थियो, ‘यो काममा तिमीले स्पिभाकलाई जोड्यौ भने मात्र यसले सार्थकता पाउँछ ।’ 

दक्षिण एसियाली अध्ययनका केही समस्याबारे हामीले कुरा गर्‍यौँ । अहिले साउथ एसिया स्टडिज भन्नेबित्तिकै इन्डिया स्टडिज भन्ने बुझिन्छ । इन्डिया स्टडिजको आफ्नो महŒव छ । वेददेखि अहिलेसम्म त्यहाँ विकास भएको दर्शन, अर्थशास्त्र वा सामाजिक शास्त्र सबैको आफ्नो महŒव छ । तर, त्यही दृष्टिकोण मात्र लिएर दक्षिण एसिया पढ्न पढाउन सकिँदैन । अरू दृष्टिकोणबारे पनि सोच्नुपर्छ । नेपाल, बंगलादेश, श्रीलंकालगायतको दृष्टिकोणबाट ‘साउथ एसिया स्टडिज’बाट पनि हेर्नु आवश्यक छ । यसले भारतीय दृष्टिकोण पनि बलियो हुन्छ । 

यो भारतलाई गाली गर्ने कुरा पनि होइन । भारतीयबाहेक अन्य दृष्टिकोणबाट पनि दक्षिण एसियाको इतिहास, कला, साहित्य, संस्कृति र दर्शनलाई हेर्नुपर्छ भन्ने हो । 
मैले यही कुरा लेखेर तुरुन्तै स्पिभाकलाई इमेल गरेँ । मैले नसोचेको जवाफ पाएँ । उनी असाध्यै उत्साही भइन् र नेपाल आउन तयार भइन् । यसको एक–दुई वर्षभित्र नै उनी नेपाल आइन् । 

पहिलोपल्ट नेपाल आउँदा उनले भनेकी थिइन्, ‘तिमीहरूले त यही काममार्फत सवाल्र्टन स्टडिजका कमजोरीमाथि पनि प्रश्न गर्न सक्छौ ।’ हामीले सुरु गरेको साउथ एसियन स्टडिजको कामबाट उनी हामीभन्दा धेरै उत्साही भइन् । तर, पछि गएर एउटा समस्या आयो, मैले विद्यार्थी त पाएँ तर समग्र सहयोग पाइनँ । एकदमै मिहिनेत गरेर पढ्ने, अनुसन्धान गर्ने नै भएन । यो अध्ययनका लागि पुग्दो बौद्धिक सहयोग पाइनँ ।

स्पिभाकसँग बौद्धिक छलफल गर्न, तर्क गर्न त्यत्तिकै पढ्ने मान्छे चाहिन्छ, त्यसरी मिहिनेत गर्ने मान्छे नै भएन । म र मेरा केही विद्यार्थीहरू त यसमा लागिरहेकै छौँ । यहाँ मात्र होइन, बंगलादेश र श्रीलंकामा पनि काम भइरहेको छ । तर जसरी, जुन गतिमा काम हुनुपथ्र्यो, त्यसरी काम गर्न मैले समर्थन पाइनँ । यसैकारण उनी हामीसँग खिन्न भइन् ।

मलाई दुःख पनि लाग्यो, कम्तीमा उनले त्यो असमर्थता बुझ्नुपथ्र्यो । नबुझ्नु पनि स्वाभाविक हो । उनी संसारकै टप विश्वविद्यालयमा काम गर्छिन्, टाढाको देशमा बस्छिन् । अझै उनको साथ त छँदै छ । फेरि आउने इच्छा पनि छ उनको । तर, यति बुझिदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । 

श्रोत : नयाँ पत्रीका 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News