Wednesday, 13th November, 2019

स्वस्थानी अमर प्रेम हाेइन, मिथक र दन्ते कथा हाे - आहुती

धार्मिक परम्पराको विभिन्न मिथक, कथा र आदर्श पात्रहरु इत्यादि हुने नै गर्छ । स्वस्थानी कथा हिन्दु धर्म परम्पराअन्र्तगत कुनै एउटा मिथक कथा हो । यसको प्रामणिकता केही पनि छैन । त्यसलाई एउटा परम्परागत कथाको रुपमा लिन सकिन्छ ।

त्यसका पात्रहरु, कथाभित्रका उपकथाहरु कल्पनाशिलताका दृष्टिले हेर्ने हो भने ती बेजोड प्रकृतिका छन् । सयौँ वर्षअगाडिका कथा शिल्पलाई हेर्दा काल्पनिकता नै भए पनि कथाको बनावटको हिसाबले, पात्रको बनावटको हिसाबले हेर्दा ती बेजोड नै छन् । तर मुख्य पक्ष त्यो होइन । मुख्य पक्ष त्यो कथाले अहिले बाँचिरहेका मानिसलाई कतातिर जान प्रेरित गर्छ त भन्ने नै हो ।

त्यो दन्त्यकथा जस्तो सुन्ने सुनाउने विषय मात्र भएको भए त्यसलाई कथाकै रुपमा मुल्याङ्कन गरे हुन्थ्यो । स्वस्थानी ब्रत कथामा सुन्ने र सुनाउने कुरा मात्र छैन । त्यहाँ जीवनलाई कता लैजानुपर्छ भन्ने छ ।

हिन्दु समाजमा त्यसलाई एउटा आचारसंहिताको रुपमा अनिवार्य संस्कार जस्तो गरेर हामीले प्रयोग गरिरहेको छौँ । त्यसले अहिलेको जीवनलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ, निर्देशित गरिरहेको छ ।

यसको त्यो पक्ष हामीले छलफल गर्नुपर्ने, त्यसको बारेमा निष्कर्ष निकाल्नुपर्ने र आलोचनात्मक चेतको विकास गर्नुपर्ने पक्ष हो । त्यसरी हेर्दा त्यसले मुलत महादेब वा शिबलाई एउटा पागलप्रेमीको स्थानमा प्रस्तुत गर्दछ ।

महिलाहरुलाई बिद्रोही चरित्रको रुपमा, आफ्नो हक अधिकारको निम्ति बोल्ने पात्रको रुपमा, समाजलाई नेतृत्व गर्ने, समाजका आम महिलाहरुको पक्षमा लाग्ने पात्रहरु त्यहाँ निर्माण गरिँदैन । बरु आत्मदाहाको बाटो लिने वा पलायनको बाटो लिने पात्र त्यो कथामा छन् ।

आफूमाथि अत्याचार भयो, आफ्नो स्वतन्त्रतामाथि हनन भयो भने, आफ्नो इच्छा माथि समाजले बन्देज सिर्जना गर्यो भने पलायनको बाटो लिने पात्र त्यहाँ छन् । पागलपे्रमीको रुपमा शिवजी छन् । अहिलेको समाजले त्यो पनि अनुशरण गर्न लायक छैन । प्रेम भनेको मानिसको जीवन र सिर्जनामा उर्जा थप्ने विषय हो । पलायन र पागलपन तिर जाने विषय होइन । प्रेम जीवनको लक्ष्य हुदैन । जीवनभित्र प्रेम हुन्छ तर जीवनको लक्ष्य प्रेम होइन । पागलपनतिर जाने भनेको जीवनको लक्ष्य नै प्रेम बनाउनु हो । जीवनको लक्ष्य प्रेम बनाइसकेपछि प्रेम टुट्यो भने जीवन छैन भन्ने हुन्छ । कि मर्ने कि पागल हुने भन्ने हुन्छ ।
शिबजीलाई त्यहाँ जसरी प्रस्तुत गरियो, पागलपनको स्तरलाई हेर्दा कथा एकदमै बेजोड छ । लाश बोकेर हिँड्दा कहाँ–कहाँ के के खस्यो भनेर पनि पत्तो नै नहुने गरी लिएर हिँडेका छन् । कल्पनाशिलताको हिसाबले कथा बेजोड त छ । तर, शिवजी अनुकरणीय प्रेमी हाम्रो जीवनको निम्ति बन्दैनन् । त्यसबाट शिक्षा लिने र शिबजी जस्तै बन्ने भन्ने त हुदैन ।

पार्वतीको तर्फबाट हेर्दा पनि त्यस्तै छ । पार्वतीलाई पलायन हुने पात्रका रुपमा उभ्याइएको छ । त्यो पनि आजका महिलाका निम्ति आदर्श चिज बन्दैन । स्वस्थानी कथाको विश्लेषणलाई आजको जीवनसँग गाँसेर हेर्ने हो भने त्यो हाम्रो जीवनलाई निर्देशित गर्ने र प्रेरित गर्ने कथा होइन । त्यस भन्दा महत्वपूर्ण पाटो स्वस्थानी ब्रत लिएपछि, त्यो कथा अरुलाई सुनाएपछि महिलाहरुले आफूले चाहे जस्तो वर पाउँछन् भनेर ब्रतसँग र महादेबको पुजासँग लगेर गाँसिन्छ । त्यो त झन महिलालाई ठग्ने नै विषय भयो ।

त्यो झन घातक छ । किनकि ब्रत वा उपवासमा कहिलेकाँही अन्न पेटमा नहाली बस्ने भनेको प्राकृतिक चिकित्सा विधिमा त्यो फाइदाजन्य कुरा हो । कमसेकम हप्तामा एकपटक अन्न नखानु भनेको त्यसले फाइदा गर्दछ । तर त्यो अर्कै कुरा हो । त्यो उपचारको वैज्ञानिक विधि हो । तर स्वस्थानीमा ब्रत बस्ने भनेको आफूलाई कष्ट दिएर देवता पुकारा गर्ने भनेको हो । देवतासँग वर माग्न आफूलाई कष्ट दिने भन्ने हो । त्यो बाटोबाट सफलता पाउँछ भन्नु अवैज्ञानिक कुरा हो ।

अर्काे कुरा आज हामी स्वतन्त्रताको युगमा छौँ । स्वतन्त्रताको युगले हामीलाई प्रेम गर्ने र रोज्ने स्वतन्त्रता दिएको छ । रोज्नेसँगै छाड्ने पनि सँगसँगै आउँछ । त्यसकारणले यो प्रेमको युग हो । प्रेमको युगमा कुनै प्रेमी वा प्रेमीकालाई मन परेको मान्छे पाउनको लागि देवतासँग सम्वाद गर्ने भन्ने त हुँदैन ।

त्यही मान्छेसँग सम्वाद गर्नुपर्याे । त्यो मान्छेसँग आफ्नो जोडी बनाउने, आकर्षित गर्ने, उसलाई कन्भिन्स गर्ने प्रत्येक मान्छेमा शक्ति हुन्छ । कसैले मिलाइदिनुपर्ने कुरा होइन । आधुनिक जीवनमा प्रेमको निम्ति, वर वा बधु प्राप्त गर्नको निम्ति त्यो विधि प्रयोग गरिन्छ भने निकै हास्यास्पद हुन्छ । जीवनको उपयोगिताको कोणबाट पनि त्यो रुढीवादमा आधारित छ । त्यो धार्मिक अन्धतामा आधारित छ । त्यो परनिर्भरतामा आधारित छ । मोटामोटी रुपमा त्यो भाग्यवाद हो ।

स्वस्थानी ब्रत कथा साहित्यका कोणबाट हेर्ने हो भने त्यसका पात्रहरुको बनावट कथात्मकताको बनावट हेर्दा त्यो मलाई बेजोड नै लाग्छ । जसरी महाभारत बेजोड नै कथा हो । तर, त्यसको वैज्ञानिकताको हिसाबले महिला र पुरुषलाई दिने पात्रको दृष्टिले हेर्दा त्यो महिला मैत्री छैन र त्यो पुरुष मैत्री पनि त्यो बन्न सक्दैन । किनकि महिलामैत्री छैन भने त्यो पुरुषमैत्री कसरी बन्न सक्छ ? पुरुषलाई अतिसय हिरो बनाउने भनेको त पुरुषमैत्री होइन । त्यो काल्पनिकता हो । पुरुषलाई बढी अधिकार दिने भन्ने हो । जीवनसँग सम्वन्धको हिसाबले त्यसले युवागुवतीहरुलाई रुढीवाद, परनिर्भरता र भाग्यवादतिर लैजान्छ । ब्रत बसेर कसले जाँच पास गर्छ ? त्यो त हुँदैन । स्वस्थानी कथा पढेर कोही प्रविधिमा अगाडि बढ्छ त ? नहुने कुरा गर्नलाई प्रेरित गर्ने र त्यसलाई धार्मिक अनुष्ठान र सास्कृतिक अनुष्ठानको रुपमा अभ्यास गर्ने प्रचलन छ, त्यो ठीक छैन् 

नेपालमा धेरै जसो विषयहरु धर्मसँग जोडेर सांस्कृतिक विषयहरु अगाडि आएका छन् । त्यसो त धर्मसँग नजोडिएका पनि छन् । जस्तै माघे संक्रान्ति । त्यो विशुद्ध ऋतु परिवर्तनसँग सम्बन्धित छ । त्यो वैज्ञानिक पनि छ । विशुद्ध सास्कृतिक पर्वहरु जनजीवनको आवश्यकतासँग सम्बन्धित छन् । कुनै प्रथापरम्परासँग सम्बन्धित छन् ।

धार्मीक परम्परालाई पूरै कटाएर तीजमा नाचगान गर्ने चेलिबेटी जम्मा हुने, खानपिन मात्र गर्ने हो भने त्यो एउटा परम्परा मात्र हुन्थ्यो । त्यसले त्यति घाटा गर्दैन । तर, स्वस्थानी ब्रत कथा त्यसरी मिल्दैन । स्वस्थानी ब्रत कथा मान्छेले भन्नै पर्छ, मान्छेले सुन्नैपर्छ । एक्लै भनेर पनि भएन । नहुने नहुने कुरा सुनाउने काम हुन्छ । यो सस्कृतिको रुपमा राखिराख्नुपर्ने चिज होइन । यो नहुँदा नै हाम्रो जीवन व्यवस्थित विज्ञानतिर अगाडि बढ्छ ।

राजनीति डटकमबाट 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


More News