June 24, 2017, 4:05 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ

प्रहरीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले मंगलवार खारेज गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई बालुवाटारस्थित निवासबाटै पक्रेको हो ।

पाण्डेलाई ब्युरोको महाराजगञ्जस्थित कार्यालयमा राखिएको सीआईबीका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए। अध्यक्ष पाण्डे सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रस्ट्रचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा पाण्डेलाई अदालतले दोषी ठहर गरेको थियो।                          

०४२ साल अर्थात ३० वर्षअघिको भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्ष कैद, साढे नौ लाख बिगो र जरिवाना तोकिएको थियो।  तत्कालीन राजाले हुकुम प्रमाङ्गीमार्फत् मुद्दामा सफाइ दिएको भनेर उनले दाबी गर्दै आएपनि त्यो विषय जिल्ला अदालतको तामेली शाखामा दर्ता नभएको भन्दै तत्काल पक्राउ किन नगर्ने भनी जिल्लाले पाण्डेलाई पत्र लेखेको थियो।

पत्र रोक्न माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए। सर्वोच्चले पहिलो सुनुवाइ गर्दै गत कात्तिक २३ गते तत्काल उक्त् पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर दुवै पक्षको छलफल सुनिसकेपछि न्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजालसले मंगलबार अन्तरिम आदेश खारेज गरेको हो। सर्वोच्चको फैसलामा भनिएको छ"०४९र५० सालमा काठमाडौँ जिल्ला अदालतमा लगतमा २०४२र८र५को मिति राखेर कैफियत प्रमाणित गर्न सर्वथा असम्भव देखिन्छ।

२०४२८५ मा नै हुकुम प्रमाङ्गी भई माफी मिनाहा भई लगत कट्टा गरिएको भए ०४९र५० सालसम्मको लगतमा बाँकी जनाई सारिरहनु पर्ने अवस्था पनि पर्दैन।" गत वर्ष भएको महासंघको निर्वाचनमा पाण्डे अध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि दुई कार्यकालमा उनी उपाध्यक्ष थिए। 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार