June 24, 2017, 4:07 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

ग्यासको कालोबजारी रोक्न अनुगमन

खाना पकाउने ग्यासको कालोबजारी रोक्न संसदीय समितिले उद्योगको अनुगमन थालेको छ। उद्योग वाणिज्य उपभोक्ता हित सम्बन्धी संसदीय समितिका सभासद्ले पूर्वी क्षेत्रका ग्यास उद्योगको अनुगमन गरेको हो। सभासद्ले सरोकारवालासँग परामर्श पनि लिएका छन्।

 
समिति मातहतको उपसमितिका सदस्य सभासद अनन्त पौडेलले नेतृत्वको टोलीले झापा र मोरङका आठवटा उद्योगको अनुगमन गरेको छ। टोलीले मेची, कोशी, प्रिमा, पराजुली र सुगम ग्यास उद्योगमा उत्पादन, मौज्दात परिमाण र आपूर्तिको अवस्थाबारे जानकारी लिएको छ।
 
टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा ग्यासको अभाव, आपूर्ति र कालोबजारीका विषयमा परामर्शसमेत गरेको छ। त्यस अवसरमा टोलीका संयोजक सभासद पौडेलले प्राप्त राय सल्लाह तथा सुझावलाई संसदीय मूल समितिमार्फत सरकारलाई बुझाइने जानकारी दिए।
 
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जिल्लामा सकेसम्म ग्यासको कालोबजारी हुन नदिन प्रशासन सचेत भएको दाबी गरे। उपभोक्तावादी संस्थाका प्रतिनिधि मोहन भट्टराई र उत्तम ढुंगेलले उपभोक्तालाई ठगी गर्नेमा उद्योगभन्दा पनि ग्यास डिलरले अगाडि रहेको बताए। 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार